नेपाल विश्वकप छनोटमा पुग्दा भारतीय मिडियाले के लेखे ?

३ चैत, एजेनसी ।
नेपाली क्रिकेट टोलीको पछिल्लो समय एकदिवसीय ढाँचामा अविश्वसनीय उत्कृष्ट प्रदर्शन गरेको छ । आफ्नो लय कायम राख्दै नेपालले २०२३ को एकदिवसीय विश्वकप छनोटमा पनि स्थान बनाएको छ । नेपाल डकवर्थ लुइस मेथडको मद्दतले ९ रनको जित निकाल्दै विश्वकप छनोटमा पुगेको छ ।

रोमाञ्चक जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेपछि अहिले सामाजिक सञ्जालमा नेपाली क्रिकेट टोलीको चौतफी प्रशंसा भइरहेको छ । नेपाली क्रिकेटरको नेपालमा मात्रै होइन भारतीय सञ्चारमाध्यमले पनि नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको बारेमा समाचार प्रकाशन गरेका छन् ।

भारतीय लोकप्रिय टेलिभिजन आजतकले समाचार शीर्षकमा लेखेको छ, ‘विश्वकपभन्दा यो खेलमा धेरै भिड ! नेपाली समर्थकले रुखमा बसेर खेल हेरे, टोलीले रच्यो इतिहास ।’ त्यस्तै, हिन्दुस्थानसमाचारले लेखेको छ, ‘यूएईलाई हराउँदै विश्वकप क्वालिफायरमा पुग्यो नेपाल ।

Advertisement

’ स्पोर्ट्सकीडा हिन्दीले लेखेको छ, ‘नेपाल विश्वकप छनोटका लागि छनोट, रोमाञ्चक खेलमा यूएईलाई हरायो ।’ जनता से रिश्ता डटकमले लेखेको छ, ‘नेपालले डिएलए मेथडमा यूएईलाई हराउँदै काट्यो आइसिसी विश्वकप छनोटको टिकट ।’ यस्तै नवभारत टाइम्सले लेखेको छ, स्टेडियममा ठाउँ नभएपछि रुखमा चढे फ्यान, तब भयो मैदानमा ठूलो काण्ड ।

नेपालले अब यही वर्षको जुन÷जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटमा बलियो टोलीसँग खेल्नेछ । जसमा नेपालसहित स्कटल्यान्ड र ओमान गरी लिग–२ का तीन टिम पुगेका छन्। टेस्ट राष्ट्र जिम्बावेले पनि छनोट खेल्नु पर्नेछ। सुपर लिगको पुछारमा रहेको नेदरल्यान्ड्सले पनि छनोट खेल्दैछ। अहिलेको सुपर लिगको अंक तालिकाअनुसार दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डले पनि विश्वकप छनोट खेल्नु पर्ने अवस्था छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top