नेपाल अब विश्वकपमा कसरी पुग्न सक्छ ? को–कोसँग खेल्छ ?

Share this
707shares

३ चैत, काठमाण्डौ ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो।

Advertisement

टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता पाएका ७ राष्ट्रबीचको आइसिसी विश्वकप लिग–२ र एसोसिएट देशको च्यालेन्ज लिग गरी तीन लिग सञ्चालन भयो। तीन मध्ये लिग–२ र च्यालेन्ज लिग सकिएका छन् भने सुपर लिगको केही खेल बाँकी छन्।

तीनै लिग एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता पनि थियो। १० टिमबीच प्रतिस्पर्धा हुने विश्वकपमा सुपर लिगका शीर्ष आठ (आयोजक भारतसहित) सिधैं पुग्ने प्रावधान छ। बाँकी २ स्थानका लागि भने छनोट प्रतियोगिता खेल्नु पर्ने आईसीसीको नियम छ।

Advertisement

छनोट प्रतियोगितामा सुपर लिगका पुछारका पाँच टिम, लिग–२ का शीर्ष तीन टिम र क्वालिफायर प्लेअफका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुने तय छ। नेपालले लिग–२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा स्थान बनाएको छ। अब नेपालले जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँ नेपालसहित स्कटल्यान्ड र ओमान गरी लिग–२ का तीन टिम पुगेका छन्।

टेस्ट राष्ट्र जिम्बावेले पनि छनोट खेल्नु पर्नेछ। सुपर लिगको पुछारमा रहेको नेदरल्यान्ड्सले पनि छनोट खेल्दैछ। अहिलेको सुपर लिगको अंक तालिकाअनुसार दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डले पनि विश्वकप छनोट खेल्नु पर्ने अवस्था छ। यद्यपी तीन टिमले बाँकी रहेका आफ्ना खेल जिते सुपर लिगको आठौं स्थानमा रहेको वेस्ट इन्डिजलाई पछि पार्न सक्नेछन्।
विश्वकप छनोट– २०२३
टिम १ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)

Advertisement

टिम २ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)

टिम ३ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)
नेदरल्यान्ड्स – सुपर लिगको पुछारको पाँच मध्ये एक
जिम्बावे – सुपर लिगको पुछारको पाँच मध्ये एक
स्कटल्यान्ड – लिग–२ को विजेता
ओमान – लिग–२ को उपविजेता
नेपाल– लिग–२ को तेस्रो टिम
टिम ९– क्वालिफायर प्लेअफको शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)

टिम १० – क्वालिफायर प्लेअफ शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)
सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने
विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्। सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top