सरकारले अब रंगशाला बनाउने,प्रचण्डले दिए वचन

३ चैत, काठमाण्डौ ।
युएईलाई हराउँदै नेपाली टोली जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेपछि देशभर खुशीको माहोल छ । क्रिकेटरलाई बधाईको ओइरो लागेको छ । यही सफलताको खुशी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बाँडेका छन् ।

Advertisement

उनले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३–३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।

खेलाडीलाई बधाई दिने क्रममा प्रधामनन्त्रीले कुनै पनि हालतमा क्रिकेट रंगशाला बनाउने वचन दिएका छन् । हिजोको खेलमा खराब प्रकाशको कारण खेल रोकिदा डकवर्थ लुईस नियमका आधारमा नतिजा तय गरिएको थियो ।

Advertisement

यसैलाई आधार बनाएर खेल पूर्वाधारमा सरकारले ध्यान दिनुपर्ने सुझाव हरेक क्षेत्रबाट सरकारलाई आइरहेको बेला प्रधानमन्त्रीले तत्काल कीर्तिपुरस्थित त्रिवि मैदानमा आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशनसमेत दिएका छन्।

‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’

Advertisement

यसअघि प्रधानमन्त्रीले नेपाली क्रिकेट टोलीलाई बधाई दिदै सामाजिक संजालमा दिएको बधाई सन्देशमा पनि अधिकांशले खेल पूर्वाधारको निमार्णमा जोड दिन सुझाव दिएका थिए ।खेलाडीलाई बधाई दिने क्रममै नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्रीलाई मेन्सन गर्दै पूर्वाधार निमार्णमा जोड दिएका थिए ।

उनले लेखेका थिए , बधाई टिम नेपाल ! यो जीतले खुशी मात्रै होइन राज्य, दलहरु र हामीलाई बिशेष दायित्व बोध गर्न, नयाँ ढंगले सोच्न सजग गराएको छ । सम्माननिय २एm)ल्भउब)ि बधाई र पुरस्कारको क्रम लगत्तै उत्पादनको सुस्पस्ट नीति, बजेट, मैदान र समग्र प्रोत्साहनको नवीन योजनामा देशलाई एकाकार जरुरी भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top