विराटनगर,भदौ १६
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धीको यात्रामा सहकारीको भुमिका अपरिहार्य रहेको बताएका छन । मोरङको बुढीगंगा गाउँपालिका– १ टंकिसिनवारीमा रहेको राजसती महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधरण सभाको शनिबार उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री राईले सहकारीसँग साझेदार र सहकार्य गरेर प्रदेश सरकार अगाडी बढने बताए ।
उनले आर्थिक क्षेत्र र समृद्धिमा सहकारीको एउटा खम्बाको रुपमा रहेकोले पारदर्शी र योजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिए । आर्थिक रुपमा सक्षम बनाउन सहकारीको भूमिका ठूलो रहेको उल्लेख गरे । मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई प्राथामिकतामा राखेको बताए । ८ सय २५ जना सेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७४/७५ मा बचत निक्षेप ५ करोड ६ लाख बढी रहेको सहकारीका अध्यक्ष तारादेवी राईले जानकारी दिए ।
सहकारीले ६ करोड ५७ लाख बढी रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको वार्षिक साधरण सभाको अवसर पारेर ७५ वर्ष पुरा गरेका २ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । त्यस्तै ३ जना एकल महिला, ६५ वर्ष पुरा गरेका ७ जना जेष्ठ महिला, सरकारी र निजी विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुलाई सहकारीले सम्मान गरेको थियो । राजसति महिलामात्र आवद्ध भएको सहकारी संस्था हो ।