विराटनगर,भदौ १६
नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशनले महेन्द्रबहादुर चित्रकारलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । दुई दिनसम्म विराटनगर सञ्चालन भएको महाधिवेशनले चित्रकारको नेतृत्वमा २६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शंकरबहादुर चन्द, प्रथम उपाध्यक्षमा नारायण सापकोटा, द्वितीय उपाध्यक्षमा सफर अलि मियाँ, महासचिवमा कृष्णप्रसाद अवाल र कोषाध्यक्षमा कृष्ण अवाले निर्विरोध छानिएका छन् ।
अरुणकुमार प्रधान, मदनराज पनेरु, केदार गोसाई, गोकुलप्रसाद पराजुली, चन्द्रदेव यादव सचिवमा छानिएको महाधिवेशनको स्थानीय आयोजक कोशी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले जानकारी दिए । सहसचिवमा जगन्नाथ शर्मा खनाल, रोमबहादुर वली, आशाराम फाँजू र सहकोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानावासु, उमेशप्रसाद गजुरेल, बाबुराम पाठक, श्रीकृष्ण महर्जन र भगवान बस्नेत चुनिए ।
मनोजकुमार महतो, नागेन्द्र चौधरी, राजेन्द्रप्रसाद प्रजापति, कृष्णनारायण श्रेष्ठ, सर्वजित वली, कृष्णबहादुर तामाङ र गोविन्दराम पन्थ सदस्यमा निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको महाधिवेशनमा ३६ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।