नेकपा ब्युँताउन माधव नेपालले कम्मर कसे

१० चैत, काठमाण्डौ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वाेच्च अदालतको आदेशपछि पूर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रमा फर्किएपछि राजनीतिक दलहरु भित्र विभिन्न उतार चढाव देखिएका छन् । नेकपा विभक्त भएपछि पनि पटक पटक कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट पार्टीको एकताको वकालत गरिरहेका छन् ।

पछिल्लो समय दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीसहितको ७ दलीय गठबन्धनबाट बनेको सरकार भताभुङ भई फेरि एक ठूलो कम्युनिष्ट शक्ति एमाले बाहेकको कम्युनिष्ट लोकतान्त्रिक सरकार विस्तारको तयारी भईरहेका बेला फेरि नेकपा ब्युँताउने वहस सुरु भएको छ ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखेका छन् । शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा उनले आज बिहान आफूले प्रचण्डलाई नेकपा रिभाइभ गर्ने प्रस्ताव राखेको बताए ।

“आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?,” नेपालले भने । राष्ट्रपतिको चुनावका बेला नेकपा ब्युँताउने प्रस्तावमा प्रचण्ड तयार भएको बताए । तर, एमाले अध्यक्ष केपीशर्मा ओलीले सोही प्रस्ताव पठाउँदा चासो नराखेको बताए ।

Advertisement

उनले पार्टी एकताका लागि त्याग गर्नुपर्ने बताए । ०७९ को चुनावमा एमाले नेतृत्वको अहंकारले कम्युनिस्ट पार्टीले चुनावमा धक्का खाएको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै भने, ‘अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठीक छ, पार्टी एकताको लागि को–कोले के–के त्याग गर्नुपर्ने हो तयार हुनुप¥यो !’ नेकपाले दुईतिहाइ बहुमत प्राप्त गर्दासमेत जोगाउन नसकेको उनले बताए ।

सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको छ ।

केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबैमा एमाले सत्तारुढ अवस्थामै छ । नेकपा एसले संघीय सरकारमा तीन मन्त्री र प्रदेशतर्फ एक मुख्यमन्त्रीको अडान कायमै राखेको छ । स्रोतका अनुसार नेकपा एसले गृहसहित तीन मन्त्रालय माग गरेको छ ।

केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको बताएका छन् । गठबन्धनमा नेकपा एसलाई २ मन्त्रालय दिने तयारी भइरहेका बेला नेपालले तीनवटामा दाबी गरेका छन् । नेकपा एसले कोशी वा बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top