कप्तानी डेब्युमा एमबाप्पेको २ गोल

११ चैत, एजेन्सी ।
किलिएन एमबाप्पेले फ्रान्सको लागि कप्तानी डेब्युको पहिलो खेलमै दुई गोल गरेका छन् । उनले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को सानदार जित रचेको हो ।

उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक गोल गरे । शुक्रबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।

आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सले सहज जिततर्फ अघि बढाए । ८८औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सको सानदार जित पक्का गराए ।

Advertisement

इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाएले गोल गर्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । यस जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । नेदरल्यान्ड्स अंकविहीन छ ।

यही समूहको अर्काे खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । यता रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले पनि युरो २०२४ को छनोटमा उत्कृष्ट सुरुवात गरेको छ । लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई ३–० ले हरायो ।

Advertisement

यस जितपछि बेल्जियमका नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि जितबाट सुरुवात गरेका छन् । समूह एफमा बेल्जियम ३ अंक जोडेर दोस्रो स्थानमा छ । अजरवैजानलाई ४–१ ले पारजित गरेको अष्ट्रिया यस समूह्यको शीर्ष स्थानमा छ ।

यसै खेलबाट स्वीडेनका भेट्रान फरवार्ड ज्लाटान इब्राहिमोभिचले पनि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेका छन् । ४१ वर्षीय इब्राहिमोभिचले अन्तिम १७ मिनेट मैदानमा बिताए । इब्राहिमोभचिले ४१ वर्ष ५ महिना २१ दिन हुँदा बेल्जियमविरुद्ध खेलेका हुन् । युरो छनोट खेल्ने सबैभन्दा पाका खेलाडी भने जिब्राल्टरका लि काससियारो बने । उनले ग्रीसविरुद्ध शुक्रबार खेल्दा इब्राहिमोभिचभन्दा ४ दिनले पाका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top