Nepal Times
Nepal Times
3
Shares

विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसंग स्तब्ध

विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसंग स्तब्ध

१२ चैत, एजेन्सी ।
पाँचपटकको विश्व च्याम्पियन ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । कतार विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो ।

फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोे फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो । आइतबार विहान भएको खेलमा मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए ।

ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए । खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै मोरक्कोलाई सुरूआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोल अन्तरले पछि परेको ब्राजिलका लागि खेलको ६७ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर खेलको ७९ औं मिनेटमा अब्देलहामिद सबिरीले गोल गर्दै मोरक्कोलाई पुनः अग्रता दिलाए । उक्त अग्रता जोगाएको मोरक्कोले ब्राजिलमाथि रोमाञ्चक जित निकाल्यो । ब्राजिलले मोरक्कोविरुद्ध रोनी, राफयल भेइगा, एन्डरे सान्तोष, रोजर इवानेज, भिटर रोकी, युरी अल्बर्टाे र आर्थरजस्ता युवा र नयाँ खेलाडीलाई मौका दिएको थियो ।

कप्तान क्यासमिरो, भिनिसियस जुनियर, रोड्रिगो, लुकास पाक्वेटा, एडर मिलिसाओ, इमर्सन रोयल र एन्टोनीले खेलेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । चोटका कारण नेइमार, कप्तान थियागो सिल्भा, मार्किन्हस, रिचार्लीसन, एलेक्स सान्द्रो र ड्यानी आल्भेस नहुँदा ब्राजिल समस्यामा देखिएको थियो । आइतबार विहान भएको खेलमा ब्राजिललाई हारको स्वाद चखाएको मोरक्कोले अब अर्को मैत्रीपूर्ण खेल पेरुसँग खेल्दै छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.