Nepal Times
Nepal Times
3
Shares

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पुन: बढ्दै

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पुन: बढ्दै

१२ चैत , काठमाण्डौ ।

पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको छ ।मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिबाट पुष्टि भएका यसमा पछिल्ला ५ दिनको सञ्चित रहेको सङ्ख्या पनि समावेश छ । पछिल्लो २४ घण्टामा २ जना निको पनि भएका छन् ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २२३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त पनि भएका छन्। नेपालमा निको हुने दर ९८।८ प्रतिशत रहेको छ ।नेपालमा हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १।२ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.