इन्टरनेट उपग्रह प्रक्षेपणमा भारतले इतिहास रच्यो

१२ चैत , एजेन्सी ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ISRO ले अन्तरिक्षमा 36 OneWeb इन्टरनेट उपग्रह प्रक्षेपण गरेर नयाँ इतिहास रचेको छ । (ईसरो)को सबैभन्दा शक्तिशाली रकेटले ब्रोडब्यान्ड स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनी वानवेबका ३६ स्याटेलाइट प्रक्षेपण गरेको हो ।

ईसरोको लन्च भेहिकल मार्क–३ (एलभीएम३) रकेटले भारतको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयानुसार आइतबार बिहान करिब ९ बजे ‘लिफ्ट अफ’ गरेको थियो । आइतबार बिहानै १० बजेतिर ईसरोले सबै स्याटेलाइटहरू सफल रूपमा लो अर्थ अर्बिट (एलईओ)मा स्थापित भएको जनाएको छ ।

यी स्याटेलाइटहरू पृथ्वीबाट ४५० किलोमिटरमाथि छोडिएको छ । आउँदा केही दिनमा आफैँ पृथ्वीबाट १२ सय किलोमिटरमा स्थापित हुनेछन् । योसँगै वानवेबसँग अन्तरिक्षमा रहेका ब्रोडब्यान्ड स्याटेलाइटको संख्या ६१८ पुगेको छ । ३६ उपग्रहको तौल ५८०५ टन रहेको छ ।

Advertisement

 LVM–3 ISRO को सबैभन्दा भारी प्रक्षेपण वाहन GSLVMK–3 को नयाँ नाम हो जसमा सबैभन्दा भारी उपग्रहहरूलाई निश्चित कक्षमा प्रक्षेपण गर्ने क्षमता छ। वाइ वेभ सेटेलाइट एक बेलायती संचार कम्पनी हो। बेलायत सरकारसँगै भारतको इन्डियन इन्टरप्राइजेज, फ्रान्सको युटेलस्याट, जापानको सफ्टबैंक, अमेरिकाको ह्युई नेटवर्क र दक्षिण कोरियाको हानवा यसका प्रमुख साझेदार हुन् ।

यसको मुख्यालय लन्डनमा छ। यस कम्पनीको उद्देश्य विश्वभर राम्रो ब्रोडब्यान्ड सेवा प्रदान गर्नु हो।यसअघि, १७ प्रक्षेपण रुसी अन्तरिक्ष एजेन्सीबाट गरेर वानवेबले ५८२ स्याटेलाइट अन्तरिक्षमा राखिसकेको छ । स्पेसएक्सको स्टारलिंक र अमेजनको कुइपरझैँ वानवेबले सन् २०२३ भित्रमा अन्तरिक्षबाट व्यावसायिक रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने योजना राखेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top