×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरमल धर्मसंस्कृति पुरस्कार परोपकार अभियान समूहलाई

१८ भाद्र २०७५

विराटनगर,भदौ १८
विराटनगरस्थित परोपकार अभियान समूहलाई २०७५ सालको पोखरमल धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ । सामुदायिक उत्थान, सामाजिक र धार्मिक उन्नयनको अभियान चलाउँदै आएको सो समूहलाई १ लाख १ हजार राशीको धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ ।

श्रीराधाकृष्ण मन्दिर परिसरमा आईतबार आयोजित कार्यक्रमकाबीच प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र मन्दिर कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले समूहका अध्यक्ष बाबुराम न्यौपानेलाई सो पुरस्कार प्रदान गरे ।

Advertisement
Advertisement

यसैगरी सामुदायिक विद्यालयमध्ये विराटनगरस्थित पोखरीया माविबाट एसइई परीक्षामा ए प्लस ल्याउने छात्रा कृतिज्ञा कटवाल र बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविकी विद्यार्थी मोनिका अधिकारीलाई जनही १० हजार राशिको जगतबन्धु–अञ्जु कार्की छात्रबृति पुरस्कार प्रदान गरिएको छ ।

Advertisement

यस्तै कार्यक्रममा संस्कृत तथा अन्य सामुदायिक विद्यालयका मेधावी विद्यार्थीसहित रथ आयोजनामा विशेष सहयोग पु¥याउँदै आएका छात्रछात्रा र व्यक्तिलाई नगद राशिसहित विभिन्न पुरस्कारले पुरस्कृत गरिएको छ । पुरस्कृत सबैलाई मन्दिर समितिका पदाधिकारी र कार्यक्रममा आमन्त्रित अतिथिहरुले पुरस्कार प्रदान गरे । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरमल धर्मसंस्कृति पुरस्कारसहित अन्य पुरस्कारहरु प्रदान गरिंदै आएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top