विराटनगर ः विराटनगरमा सोमबार दिउँसो ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदैछ ।५१ औँ संस्करणको रथयात्रा सोमबार दिउँसो ४ बजे निकालिने छ । रथयात्राको सुरुवात प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् ।
१ नम्बर प्रदेश सरकारले सोमबार मोरङ र सुनसरीमा सार्वजनिक विदा दिईएको छ । श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको ५१ औँ संस्करणमा ४ लाख भन्दाबढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
राधाकृष्ण रथयात्राको ५१ औं संस्करणमा बग्गी र हेलिकप्टरको प्रयोग गरिने छ ।यो समाचार आजको उद्घोष दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।