खाद्य वितरण केन्द्रमै भागदौड हुँदा पाकिस्तानमा १२ जनाको मृत्यु

१८ चैत,काठमाण्डौ ।

महंगीले ढाड सेकिएर दुई छाक खानका लागि समेत संघर्ष गरिरहेका छन् पाकिस्तानका आम सर्वसाधारण । यसै कठिन समयमा मुश्लिम धर्मावलम्विहरुको पवित्र महिना रमजान पुनः आएको छ । रमजानको अवसर पारेर विभिन्न संस्था वा व्यक्तिगतरुपमा निशुल्क खाद्यान्न वितरणसमेत चलिरहेको छ ।

तर सित्तैमा पाएको खान खान जाँदासमेत केही पाकिस्तानीले आफ्नो ज्यान गुमाएका छन् । पाकिस्तानको कराचीमा रहेको एउटा खाद्य वितरण केन्द्रमा खाना वितरण भइरहेको थियो । सोहीक्रममा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नौ जना महिला र तीन जना बालबालिका रहेका बीबीसी हिन्दीले जनाएको छ ।

रमजानको अवसरमा निःशुल्क खाद्यान्न वितरण भइरहेको बेला केन्द्रमा आगलागी भएको हल्ला फैलिएपछि भागदौड भएको थियो । ठूलो भिड जम्मा भएको बला भागदौड हुँदा अरु कयौँ मानिस घाइते भएका र उनीहरुको उपचार भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

पाकिस्तानमा आर्थिक सङ्कट बढ्दै गएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ अत्यधिक बढेको छ । उपभोग्य वस्तुको भाउ बढेपछि विभिन्न ठाउँमा हुने निःशुल्क खाद्यन्न वितरण कार्यक्रममा ठूलो भिड लाग्न थालेको छ । यसअघि अघिल्लो हप्ता पनि भिडमा किचिएर चार जना वृद्धवृद्धाको ज्यान गएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top