राष्ट्रपति अस्पताल भर्ना, छातीमा पानी भरियो

१९ चैत , काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छाती तथा पेटको समस्याबाट ग्रस्त भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

पेट फुल्नुका साथै छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै उनले असहजता महसुस गरेका थिए । तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएको दुई घण्टामा उनी शपथ ग्रहण गराउन उपस्थित भएका थिए ।

त्यसको एक दिनअघि गरिएको रक्त परीक्षणपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना हुनुपर्ने सुझाव डाक्टरले दिएका थिए । उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखिएको छ । पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी पनि छ । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसयता उनी विभिन्न देवालय दर्शनलगायत विभिन्न कार्यक्रममा ब्यस्त रहेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top