Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपति अस्पताल भर्ना, छातीमा पानी भरियो

राष्ट्रपति अस्पताल भर्ना, छातीमा पानी भरियो

१९ चैत , काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छाती तथा पेटको समस्याबाट ग्रस्त भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

पेट फुल्नुका साथै छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै उनले असहजता महसुस गरेका थिए । तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएको दुई घण्टामा उनी शपथ ग्रहण गराउन उपस्थित भएका थिए ।

त्यसको एक दिनअघि गरिएको रक्त परीक्षणपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना हुनुपर्ने सुझाव डाक्टरले दिएका थिए । उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखिएको छ । पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी पनि छ । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसयता उनी विभिन्न देवालय दर्शनलगायत विभिन्न कार्यक्रममा ब्यस्त रहेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.