आज मेघ गर्जनसहित पानी पर्ने

१८ चैत ७९, आइतबार

१९ चैत , काठमाण्डौ ।
हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। उता राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ ।

खुम्बु क्षेत्रमा गएको शुक्रवारदेखि निरन्तर हिमपात भएको हो। नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायीले बताएका छन् । हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका छन् ।

शनिवार हिजो दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किएको छ । हिउँमा रमाउने पर्यटकहरु बिहानैदेखि हिउँ खेल्न निस्किएका छन्। लामो समयपछि हिमपात भएका कारण खुम्बुका होटल, व्यवसायी र स्थानीयसहित पर्यटक उत्साहित भएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top