×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

नयाँ अर्थमन्त्रीलाई पनि सेयर बजारले पत्याएन

१९ चैत्र २०७९

१९ चैत , काठमाण्डौ ।
अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको आगमनलाई सेयर बजारले पहिलो दिन नै रातो झण्डा देखाएको छ । यसले महतलाई सेयर बजारले अर्थमन्त्रीको रुपमा पत्याउन नचाहेको हो की भन्ने संकेत गरेको छ । उनको आगमन पूर्व १९ सय माथि नै धानिएको सूचक आइतबार भने फराकिलो अंकले घटेर १८ सय ८५ को विन्दुमा सीमित छ ।

बजारमा भारी उतारचढाव पनि अनुभव गरिएको छ । झन्डै साढे ४३ अंकले सूचक घटबढ भएको छ । बाह्य क्षेत्रमा देखिएको सुधार, तरलतामा आएको वृद्धि र ब्याजदर घट्ने संकेतबीच अर्थमन्त्री चुनिँदा सेयर बजार उकालो लाग्ने अधिकांशको अपेक्षा थियो । अर्थमन्त्री महतले शपथ ग्रहण गरेसँगै गभर्नरसँग वान टु वान भेटवार्ता गरेका थिए ।

Advertisement
Advertisement

जसप्रति सेयर लगानीकर्ता उत्साहित हुने अनुमान थियो । अर्थमन्त्रालयबाट विष्णु पौडेलको बहिर्गमनपछि मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध पुनः चिसिने लगानीकर्ताको बुझाइ थियो । तर, पहिलो औपचारिक वार्ता नै अर्थमन्त्री महतले गभर्नरसँग गर्दा सम्बन्ध सुध्रिने र त्यसको बजारमा सकारात्मक प्रभाव पर्नेमा लगानीकर्ता आशावादी थिए ।

अर्थमन्त्री महतले सहकार्य गरेर अघि बढ्न गभर्नरलाई प्रस्ताव पनि गरेका हुन् । तर, यसबीच बजारलाई उत्साह जगाउने घोषणा आइसकेको छैन । जसले गर्दा कारोबारमा शिथिलता देखिएको छ । जसका कारण साताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ । आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

Advertisement

आज सबै समूहको शेयर घटेकोमा व्यापार, बीमा, जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर साढे नौ प्रतिशतले र कालिका लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top