रविले दिए पहिलो उम्मेदवारी,भने आशावादी छु

२१ चैत, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा विशेषगरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बिहान १० बजे, नेपाली कांग्रेसका लागि दिउँसो २ बजे, नेकपा एमालेका लागि दिउँसो ३ बजे र राप्रपाका लागि अपराह्न ४ बजेलाई समय तोकिएको छ । सोहीअनुसार दलहरूले आआफ्ना तयारी थालेका छन् ।

मनोनयन दर्तापछि रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको प्रतिक्रिया दिएका छन् । उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए । ‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।’ आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’

Advertisement

मतान्तर कति होला भन्ने प्रश्नमा उनले त्यो निर्वाचनपछि मात्र थाहा हुने बताए । यसैबीच चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताए । उनले भने, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ ।

त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’ पार्टी नै प्रवेश गर्ने कि समर्थनमात्र भन्ने प्रश्नमा पौडेलले भने, ‘अहिले समर्थनमात्र ।’ यसअघि स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा पौडेल पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव लडेका थिए ।

Advertisement

यता नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर चितवन–३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका दिनेश कोइरालाले भने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत मागेका छन् । उपनिर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा वक्तव्य जारी गर्दै कोइरालाले तनहुँ–१ र चितवन–२ का कांग्रेस उम्मेदवारलाई मत मागेका हुन् ।

चितवन–२ मा कांग्रेसबाट जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईले सत्ता गठबन्धनकातर्फबाट उम्मेदवारी दिंदैछन् । गत निर्वाचनमा चितवन–३ बाट कांग्रेसबाट उम्मेदवार बन्न चाहेका कोइराला उक्त क्षेत्र माओवादीको भागमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

गठबन्धनका उम्मेदवारविरुद्ध उठेपछि उनलाई कांग्रेसले कारबाही गरेको थियो । उपनिर्वाचनमा गर्ने सहयोग र भूमिकाका आधारमा मूल्यांकन गरेर पार्टीले चुनावपछि कारबाहीमा फिर्ता लिने वा नलिने निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top