×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

विश्वकप विजेता वेस्टइन्डिज नेपालसँगै खेल्ने/पाकिस्तान विश्वकप खेल्न भारत नजाने

२० चैत्र २०७९

२० चैत , एजेन्सी ।
दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा सिधा स्थान बनाउनबाट चुकेको छ । उसले अब नेपालले जस्तै विश्वकप छनोट खेल्नुपर्ने भएको छ।आइसिसी सुपर लिगमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई तेस्रो ओडिआई खेलमा १४६ रनले पराजित गरेपछि वेस्टइन्डिजले छनोट खेल्ने पक्का भएको हो ।

आइतबार दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २–० ले जितेसँगै आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा छनोट हुने सम्भावना बलियो बनाएको छ । विश्वकपको छनोटको रुपमा रहेको आइसिसी विश्वकप सुपर लिगमा आठौं स्थानमा उक्लिएसँगै दक्षिण अफ्रिकाको विश्वकपमा छनोट हुने सम्भावना बलियो भएको हो ।

Advertisement

दक्षिण अफ्रिका आठौ स्थानमा उक्लिएसँगै वेस्ट इन्डिज भने विश्वकपमा सिधा छनोट हुन असफल भएको हो । सन् १९७५ र १९७९ को विश्वकप विजेता वेस्ट इन्डिजले अब विश्वकप २०२३ मा स्थान बनाउन छनोट प्रतियोगिता खेल्नु पर्ने भएको छ । यसअघि १९९६ को विश्वकप च्याम्पियन श्रीलंकाले पनि विश्वकपमा सिधा स्थान बनाउन असफल भएको थियो ।

सुपर लिगका शीर्ष आठ टिम भारतमा हुने विश्वकपमा छनोट हुने प्रावधान छ । अब आठौं स्थानको दक्षिण अफ्रिका र एघारौं स्थानको आयरल्यान्ड मध्ये एक टिम मात्र विश्वकपमा छनोट हुनेछ । एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले उसको पनि छनोट हुने सम्भावना छ ।

आयरल्यान्डले तीनै खेलमा बंगलादेशलाई हराए विश्वकपमा स्थान बनाउनेछ । विश्वकप २०२३ मा आयोजक भारतसहित सुपर लिगको शीर्ष टिम न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान गरी सात टिम छनोट भइसकेका छन् । जिम्बावेमा आगामी जुलाईमा हुने विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन् ।

विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ । जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमान गरी ७ टिमले खेल्ने पक्का भइसकेको छ । छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ३ टिमको टुंगो लाग्न बाँकी छ । सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट दुई टिम विश्वकप छनोटमा पुग्न बाँकी छ । प्लेअफ क्वालिफायर नामिबियामा जारी छ ।

विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । यसैबीच पाकिस्तान विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान नजाने सम्भावना रहेको छ ।

Advertisement

पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्ने सम्भावना छ । भारत पनि एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक रुपमै जनाएको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ । तर एसिया कपमा भारतसँगको खेल भने युएईमा हुने उच्च सम्भावना छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top