रविविरुद्धको रिट न्यायाधीशले नै हेर्न मानेनन्

२१ चैत , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो। लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो।

लामिछानेविरुद्ध कुटनीतिक राहदानी दुरुपयोगको मुद्दा नचल्ने भनि महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर माग गर्दै रिट दायर भएको थियो। युवराज सफलले उनीमाथि कीर्ते राहदानीमा मुद्दा चल्नुपर्ने दाबीसहित रिट दायर गरेका थिए। न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा बसेर लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो।

उनको विवादमा आफ्नो धारणा संवैधानिक इजलासबाट नै आएकाले मुद्दा नहेर्न भनेपछि मंगलबारको सुनुवाइ सरेको छ। अब अर्को पेसी तोकिने छ। बैशाख १० गते चितवनमा हुन लागेको उप–निर्वाचनलाई लक्षित गर्दै रिट सर्वाेच्चमा दायर गरिएको थियो।

लामिछानेको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले माघ १३ गते फैसला सुनाएको थियो। यो सँगै उनी सांसद पद र नागरिकता विहीन भएका थिए। सर्वाेच्चको उक्त फैसलालगत्तै उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन नागरिकता लिएका थिए।

रविविरुद्ध उजुरी लिएर युवराज भने चितवन पनि पुगेका छन् । लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका रवि लामिछानेविरुद्ध युवराज पौडेलले उजुरी दिएका हुन् । युवराज पौडेलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगि लामिछाने उम्मेदवार हुन् अयोग्य रहेको उल्लेख गर्दै उम्मेदवारी खारेजको माग गरेका छन् ।

उनले नेपाली नागरिक्ता पुन: प्राप्त गरेको बाट उम्मेदवारी दर्ता गर्दा र निर्वाचनको दिन सम्म पनि तीन महिना व्यतित नभएको हुँदा रवि लामिछानेलाई उम्मेद्वार हुन् अयोग्य घोषित गरी पाउँ भनी उजुरी दिएका छन् । लामिछानेले भने आफ्नो कारणबाट अहिलेसम्म एक जना मान्छे पनि पीडित नभएको भन्दै आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top