के ट्रम्प आज जेल जान्छन् ?

२१ चैत, एजेन्सी ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार पहिलोपटक अदालतमा उपस्थित हुँदैछन्। मेनहटन पुलिसले सोमबार ट्रम्प न्युयोर्क फर्किएपछि सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ। सुरक्षा निकायले ३५ हजार अधिकारीलाई तयारी अवस्थामा बस्न आदेश दिएको छ।

ट्रम्प अदालतका लागि निस्किदै गर्दा रिपब्लिकन पार्टी र डेमोक्रेटिक समर्थकले विरोध र समर्थनमा जुलुस निकाल्न सक्ने सम्भावनालाई न्युयोर्क प्रहरीले ध्यानमा राखेको छ । अदालतमा उपस्थित हुन ट्रम्प सोमबार राति न्युयोर्क पुगेका थिए। आफ्नो निजी ट्रम्प टावरमा रात बिताएपछि उनी अदालतमा उपस्थित हुनेछन्।

न्युयोर्कस्थित ट्रम्प टावरलाई पनि प्रहरीले सुरक्षा कवजमा राखेको छ। मेनहाटन अदालतको नजिकैको सबै सडकलाई घेरिएको छ। प्रहरीले सोसल मिडियामा पनि कडा निगरानी राखेको छ। नागरिकहरूको मुद्धामा ट्रम्पलाई सहयोग गर्दै आएकी अलीना हब्बाले पूर्वराष्ट्रपति इमान्दार भएको र सामान्य हिसाबले अदालतमा प्रस्तुत हुने बताएकी छन्।

फक्स न्युजसँगको साक्षात्कारमा उनले भनिन्, ‘सबै कुरा सहज होस् भन्ने हाम्रो अभिप्राय छ।हामी सवैसँग समन्वय र सहयोग आदानप्रदान गर्ने प्रयासमा छौं।’

सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावअघि एक पोर्न स्टारलाई सरकारी कोषबाट भुक्तानी दिएको विषयलाई लिएर ट्रम्पविरूद्ध मुद्धा परेको थियो। यसको छानबिन भइरहेको छ। ट्रम्प कुनै पनि आपराधिक आरोपमा अदालतमा प्रस्तुत हुने अमेरिकाको पहिलो पूर्वराष्ट्रपति हुन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top