वर्षमान पुनकी आमामाथि गोली प्रहार

१ बैशाख ८०, शनिबार

२ वैशाख, काठमाण्डौ ।
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । गएराति भएको उक्त घटनामा पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छिन् । उनको खुट्टामा गोली लागेको छ । अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । तीर्थमाली काठमाडौंको गैरीधारामा कान्छो छोरासँग बस्दै आएकी थिइन् ।

गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । यद्यपी यो घटनामा प्रहरी नै संलग्न रहेको बताइएको छ । पुनको घरमा गोली चलाउने व्यक्ति उनकै आफन्त समेत रहेका प्रहरी सहायक हवल्दार प्रकाश पुन मगर भएको खुलेको छ । उनी नाताले हजुरआमा पर्ने वर्षमानकी आमा तिर्थमालीलाई भेट्न गैरीधारास्थित निवासमा पुगेका थिए ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जिसीले वर्षमान पुनकी आमा तिर्थमाली पुनमगर गोली लागेर घाइते भएको पुष्टि गरे । उनको खुट्टाको बुढी औलामा गोली लागेको छ । सुरक्षा सेवा निर्देशनालयबाट खटिएका प्रहरी सहायक हवल्दार पुन मगर कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा गाडीमा हिँडिरहने सुरक्षाकर्मी हुन् ।

गएराति घटना भएपछि प्रहरीलाई २ बजे जानकारी गराइएको प्रहरी प्रवक्ता जिसीले जानकारी दिए । गोली चलेको दुर्घटनावस हो वा नियतवस भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । ’असावधानीवश’ गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरी स्रोतका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए । गोली चलेपछि उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । नयाँ वर्ष मनाउने भन्दै प्रकाश पुन शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । तीर्थमाया छोराहरु डेभिड पुन र प्रनिस पुनसँग बस्थिन् ।

डेभिड र प्रनिस वर्षमानका भाइ हुन् । केही समयअघि प्रकाश पनि त्यही घरमा बस्थे । अहिले उनी छुट्टै डेरा लिएर बस्ने गरेको प्रहरीले स्रोतले जनाएको छ । तिर्थमालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top