बैशाख १८ देखि तातोपानी नाका खोल्न तयार भयो चीन, ६ बुँदे सहमति

४ बैशाख ८०, मंगलबार

५ वैशाख , एजेन्सी ।
लामो समयदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका वैशाख १८ गतेदेखि खुल्ने भएको छ। नेपाली पक्षले निरन्तर उठाउँदै आएको नाका खोल्ने प्रस्तावप्रति चिनियाँ पक्ष पनि सहमत भएपछि वैशाख १८ गतेदेखि नाका खुल्ने भएको हो। नेपाल र चीनका अधिकारीबीच आज बिहान भएको वार्तामा ६ बुदेँ सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताएका छन् ।

२०७२ सालको भुकम्पपछि तातोपानी नाका बन्द रहेको थियो। नाका खोल्ने विषयमा पटक–पटक वार्ता भए पनि चिनियाँ पक्ष सकारात्मक नहुँदा नाका बन्द नै थियो। नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा नाका खोलेर निकासी–पैठारी गर्नेहित ६ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् ।

वार्तामा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख सहभागी थिए भने चीनियाँ पक्षबाट चीनको न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायत निकायका अधिकारीहरु सहभागी थिए।

दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान–प्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रही सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत बैठकमा छलफल भएको जनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top