अमेरिकामा ‘चिनियाँ प्रहरी चौकी’, दुई जना पक्राउ

५ वैशाख , एजेन्सी ।
अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनी न्यूयोर्क सहरमा बस्छन् । दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ ।

उनलाई सोमबार ब्रुकलिनको संघीय अदालतमा पेश गरिएको थियो । चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक–पटक भनिसकेको छ । सोमबार अमेरिकी न्याय विभागले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट ६१ वर्षीय लु जियानवाङ र ५९ वर्षीय चेन जिनपिङले म्यानहट्टनमा पहिलो विदेशी प्रहरी चौकी खोल्ने प्रयास गरेको बताएको थियो ।

यता रुसका विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ । रुसी–बेलायती पूर्वपत्रकार मुर्जाले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन् । गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो ।

मलाई एक शब्द पनि पश्चाताप छैन । मलाई गर्व छ ।’ ४१ वर्षीय मुर्जाले पश्चिमी सरकारहरूलाई रुसी अधिकारीहरूमाथि मानवअधिकार उल्लंघन र भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए । मुर्जालाई एक वर्षअघि मस्कोमा पक्राउ गरिएको थियो । त्यतिबेला प्रहरी अधिकारीको अवज्ञा गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर हिरासतमा लिएपछि उनीमाथि गम्भीर आरोप लगाइयो ।

उनीविरुद्ध चलिरहेको मुद्दा मुख्यतया गत वर्ष अमेरिकामा दिएको भाषणमा आधारित छ । जहाँ उनले युक्रेनका आवासीय क्षेत्र, प्रसूति अस्पताल र विद्यालयमा बम विष्फोट गरेर रसियाले युद्ध अपराध गरिरहेको बताएका थिए । तर रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top