नेपालसँग निरिह बन्यो मलेसिया, ६ विकेटले पराजित

५ वैशाख , एजेन्सी ।

एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । किर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा कुशल मल्ल ७० रन बनाएर नटआउट रहे । उनले निकै तुफानी इनिङ खेले ।

७५ रनको इनिङमा उनले मात्रै ४० बल खेले । यस क्रममा १७५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ५ छक्का र ५ चौका प्रहार गरे । भिम सार्कीले ७१ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेलले ४२ रन बनाए भने कुशल भुर्तेलले ३८ रन बनाए । मलेसियाका लागि मुहम्मद वफिक, रिजवान हैदर र विरन्दीप सिंहले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए । विरन्दीप सिंहले ४६, खिजर हयातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद आमिरले १७, मुहम्मद स्याहादतले १५, सइद अजीजले १३, विजय उन्नीले १२ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३–३ विकेट लिए । ललित राजवंशीले २ र गुलशन झाले १ विकेट लिए । यो प्रतियोगिता एसिया कपको छनोट प्रतियोगिता हो । नेपालसहित मलेसिया, सिंगापुर, हङकङ, कुवेत, युएइ, ओमन, कतार, बहराइन र साउदी अरेबिया गरी १० टिम सहभागी यो प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा सहभागी हुन पाउनेछन् ।

एसिया कपमा ६ टिम सहभागी हुनेछन् । एउटा समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । अर्को समूहमा भारत र पाकिस्तान छन् । यो समूहको तेस्रो टिम छनोट हुन बाँकी छ । नेपालमा अहिले जारी प्रतियोगिताको विजेता भारत र पाकिस्तान भएको समूहमा तेस्रो टिमको रुपमा छानिनेछ । एसीसी प्रिमियर कप अन्तर्गत नै आजै मुलपानी मैदानमा भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top