राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर

७ वैशाख , एजेन्सी ।
उपचारका लागि बुधबार भारत पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार भइरहेको छ । उच्च पदस्थको भर्ना लिँदा नै आईसीयूमा राखेर उपचार सुरु गर्ने अस्पतालको प्रोटोकलअनुसार उनलाई आईसीयूमा भर्ना गरिएको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलको उपचारमा भारत सरकारले समेत चासो दिएर विशेष टिमबाट उपचार सुरु भएको छ । डा. बमका अनुसार भारतीय विदेश सचिव, एम्सका निर्देशकसहितले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलको अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा मेडिसिन विभागका प्रमुख प्राध्यापक डा. अनन्तमोहनको नेतृत्वमा आईसियू विज्ञ पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ।

“सम्माननीय राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य नै छ । उहाँलाई स्वास्थ्य अवस्थाका कारण नभएर अस्पतालको प्रोटोकलका कारण मात्र आईसीयूमा भर्ना गरिएको हो,” डा. बलले भने, “उहाँलाई केही दिनमै क्याबिनमा सारेर उपचार हुनेछ ।” डा. बलमे एम्सले विशेष टिम बनाएर उपचार सुरु गरेको र आफूले स्वास्थ्य अवस्था मात्र फलो गरिरहेको जानकारी दिए । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।

मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका थिए । यस्तै राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको र उनी चिकित्सकहरूको निगरानीमा रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलको उपचार बुधबार दिउँसोबाट सुरु गरिएको दूतावासले पनि जानकारी दिएको छ । गत चैत १८ मा पेटमा समस्या देखिएपछि पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यसबेला उनी पाँच दिन लामो उपचारपछि डिस्चार्ज भएका थिए । राष्ट्रपति पौडेल यही सोमबार नियमित फलोअपका लागि त्रिवि शिक्षण अस्पताल गएका थिए ।

यस पटक फोक्सोमा जमेको ८० मिलिलिटर पानी निकालिएको उपचारमा संलग्न डाक्टरले बताएका थिए । ‘एक्सरे गर्दा फोक्सोको तल्लो भागतर्फ पानी नसुकेको देखिएपछि त्यति नै बेला सुईले तानेर पानी निकालिएको थियो’, उनले भने, ‘तर फोक्सोको सबै पानी निकाल्न सम्भव भएन।’

सोमबार फोक्सोबाट पानी निकालेपछि पनि पौडेलको समस्या बढ्यो । मंगलबार बिहान श्वास फेर्न गाह्रो भएपछि फेरि त्रिवि अस्पतालमा भर्ना गरिएको थियो । सुईले निकाल्न नसकेर फोक्सोमा बाँकी रहेको पानीले संक्रमण फैलिएको अस्पतालले जनाएको छ । शिक्षण अस्पतालमा पाइप हालेर पानी निकाल्ने प्रविधि नभएकाले भारत लगिएको बताइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top