आयातमा नियन्त्रण गरेपछि घाटा घट्यो

७ वैशाख , काठमाण्डौ ।
आयातीत वस्तुको आकारलाई केही नियन्त्रण गर्दा मुलुकको व्यापार घाटा कम भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ देखिएको छ । गत वर्ष यही अवधिको तुलनामा कुल व्यापार घाटा २ खर्ब २२ अर्ब ८६ करोडले कम छ ।

यद्यपी सरकारले आयातमा नियन्त्रण गरेका कारण अहिले व्यापार घाटा घटेको देखिए पनि अझै मुलुकबाट बाहिरिने वस्तुहरूको तुलनामा भित्रिने अधिक हुँदा व्यापार घाटा चुलिएको नै तथ्यांकले देखाउँछ । चालू आवको ९ महिनाको अवधिमा देशको कुल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ भएको छ ।

यसबीच, नेपाल भित्रिने वस्तुहरू अर्थात् कुल आयात १२ खर्ब १ अर्ब ५० करोडको हुँदा निर्यात भने १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । निर्यातको तुलनामा आयात १० गुणाले बढी नै छ । तर गत आर्थिक वर्षको तुलनामा आयात १८.०८ प्रतिशतले घटेको छ ।

गत आवको सोही अवधिमा बाहिरी मुलुकबाट १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँबराबरको वस्तुहरू आयात भएको थियो । स्वदेशमै उत्पादन हुने कृषि उपजका वस्तुको आयातसमेत उच्च छ । नौ महिनामा तरकारीमात्रै २५ अर्ब २५ करोड ७३ लाख ४३ हजार रुपैयाँको आयात भएको छ ।

सो अवधिमा तरकारीको निर्यात ५० करोड १४ लाख ७८ हजार रुपैयाँबराबरको भएको छ । यसैगरी नेपालले ९ महिनामा ६६ करोड ८१ लाख ९६ हजारबराबरको जीवित जनावर आयात गर्दा १३ हजार रुपैयाँको मात्रै निर्यात गरेको छ । यस्तै, मासुजन्य पदार्थ पनि करिब ६६ करोड २६ लाख ५७ हजार रुपैयाँबराबरको आयात गरेको छ ।

आयातमा सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थको छ । चैत्रसम्ममा पेट्रोलियम पदार्थ २ खर्ब ६१ अर्ब ९ करोड रुपैयाँबराबरको भित्रिएको छ । यसपछि दोस्रो बढी आयातमा फलाम र स्टिल रहेको छ । जुन १ खर्ब ७३ करोड रुपैयाँबराबरको आएको छ । यता निर्यात भने गत आवको ९ महिनाको तुलनामा २६.३४ प्रतिशतले घटेको छ ।

गत आवमा १ खर्ब ६० अर्ब ५७ करोडबराबरको वस्तु नेपालबाट बाहिरिएकोमा अहिले सो दरले घटेर १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ हाराहारीमा निर्यात भएको छ । निर्यात जतिसुकै भए पनि नेपाललाई खासै फाइदा पुग्न सकेको छैन । किनभने निर्यातमा आयातीत कच्चा पदार्थबाट प्रशोधित भएकै तेलको हिस्सा बढी छ ।

पाम र भटमासको कच्चा पदार्थ ल्याएर भ्यालु एड गरेर भारततर्फ निर्यात भएको छ । तथ्यांक हेर्दा प्रायः कुल निर्यातको आधा हिस्सा आयातीत वस्तु ल्याएर तयारी वस्तु पठाएकोले स्वदेशी उत्पादन कम देखिएको विज्ञहरू बताउँछन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top