वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड रकम

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड रकम

वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । ,आजको कारोवार दैनिकमा यो खबर छ ।

यसरी जम्मा भएको रकममध्ये कमदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत बर्ष ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र खर्च भएको थियो ।यसरी हेर्दा गत बर्षसम्म कोषमा खर्च कटाएर ५ खर्ब ६५ करोड रुपैयाँ मौज्दात रहेको छ । अघिल्लो बर्ष कोषमा ४ अर्ब २० करोड मौज्दात थियो ।

रोजगारीका लागि विदेश जाने कामदारले कोषमा अनिवार्य रुपमा बुझाउनुपर्ने रकम जम्मा भएर ६ बर्षमा ५ खर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.