कोरियाबाट शव झिकाउन कल्याणकारी कोषको एक करोड !

कोरियाबाट शव झिकाउन कल्याणकारी कोषको एक करोड !

रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

विगतमा नेपालले गतिलो गरी कोरियासँग श्रम सम्झौता गर्न नसक्दा शव झिकाउनमै त्यति ठुलो रकम खर्च गर्नुपरेको हो ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

पछिल्ला दिनमा कोरिया पुगेका कमदारको मृत्यु हुने क्रम बढ्दै गएकाले खर्च अझै बढ्ने अनुमान गरिएको छ ।रोजगारीका लागि विदेसिएका कामदारको निधन हुँदा घरसम्म शव ल्याइदिने दायित्व रोजगारदाताको हुने गरे पनि नेपालले कोरियासँग त्यस्तो सम्झौता गर्न सकेको छैन, जसले गर्दा कामदारको कल्याणकारी कोषको रकम शव ढुवानीमा खर्च हुने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.