अमेरिकी डलर बढ्ने क्रम रोकिएन, एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो।मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर११३ रुपैयाँ ६४ पैसा तोकेको छ।

यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो। सोमबार यस्तो विनिमय दर ११३ रुपैयाँ २९ पैसा थियो। नेरुको तुलनामा डलर निरन्तर बलियो बन्न थालेपछि त्यसबाट पर्नसक्ने असरबारे राष्ट्रबैंकले अध्ययन गर्ने भएको छ।

Advertisement

पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्र देखिएको तीव्र आर्थिक सुधारले विश्व बजार डलर बलियो बन्दै गएको जनाउँदै राष्ट्र बैंक विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले विश्व बजारको परिदृश्य विश्लेषण गर्दा आउँदा केही दिन अझै अमेरिकी डलर बढ्ने अनुमान गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top