×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१२ वर्षपछि ११ घण्टा उडेर पाकिस्तानी विदेशमन्त्री भारतमा

२१ बैशाख २०८०

२१ वैशाख, एजेन्सी ।
मुलुक विभाजनपछि देखिको सीमा विवाद र यसकै कारण शत्रुतापूर्ण व्यवहारका कारण भारत र पाकिस्तानबीच राजनीतिक भ्रमण निकै कम हुने गरेको छ । पछिल्लो पटक सन् २०११ मा पाकिस्तानकी तत्कालीन विदेशमन्त्री हिना रब्बानी खारले भारत भ्रमण गरेकी थिइन् ।

त्यसयता कुनै पनि पाकिस्तानी विदेशमन्त्री भारत आएका थिएनन् । यस्तै, सन् २०१६ मा पाकिस्तानका विदेश मामिला सल्लाहकार सरताज अजिले भारत भ्रमण गरेका थिए । त्यसयता पाकिस्तानबाट कुनै पनि उच्च अधिकारी भारत आएका थिएनन् । अहिले १२ वर्षपछि पाकिस्तानका विदेशमन्त्री भारत पुगेका छन् ।

Advertisement
Advertisement

भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो आज गोवा पुगेका छन् । गोवामा हुने संघाइ सहयोग संगठनको बैठक (एससीओ)मा सहभागी हुन उनी यहाँ आएका हुन् । एससीओको विदेश मन्त्रीस्तरको बैठकका लागि जयशंकरले भुट्टोलाई आमन्त्रण गरेका थिए ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले केहीसमय अघि भारतसँग तीनपटक युद्ध लडेर पाकिस्तानले धरै पाठ सिकेको बताएका थिए । शहबाजको यो भनाइपछि भारतले भुट्टोलाई बोलाउने निर्णय गरेको थियो । तर, दुवै देशबिचको सम्बन्ध मित्रतापूर्ण हुन सकेको छैन । भुट्टोले भारत पुग्नु अघि दिएको अभिव्यक्तिले पनि यो कुरालाई प्रष्ट पारेको छ ।

भुट्टोले एससीओ चार्टरलाई बलियो बनाउने उद्देश्यले नै आफूले भारत भ्रमण गरेको बताएका छन् । उनले आफ्नो भारत भ्रमण संघाइ सहयोग संगठनको बैठकमा मात्रै केन्द्रीत हुने बताएका छन् । उनले भारतसँग द्वीपक्षीय सम्बन्धका बारेमा कुनै पनि कुरा उल्लेख गरेका छैनन् । भुट्टोले गोवामा मित्रवत् राष्ट्रहरुसँग रचनात्मक छलफल हुने बताएका छन् ।

यो अभिव्यक्तिले पनि भारतसँग कस्तो संवाद होला भन्ने थप प्रश्न जन्माएको छ । तर भारतमा भुट्टोले पाइला टेकेसँगै गोवामा भइरहेको सम्मेलनमा भारत र पाकिस्तान सरकार बिच वर्षौंको मौनता तोडिने निश्चित भएको छ । यस सम्मेलनका क्रममा भुट्टो र जयशंकर बिचको भेटलाई महत्वका साथ हेरिएको छ ।

जयशंकर र भुट्टोको भेटमा के के विषयमा छलफल हुने भन्ने जानकारी दिइएको छैन । यद्यपि, पाकिस्तानमा सेप्टेम्बरमा हुने तय भएको एसिया कप पनि दुई देशको बिग्रिएको सम्बन्धका कारण अन्यौलमा छ । भुट्टो र जयशंकर बिचको भेटमा यस विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ । तर, त्यसको सम्भावना न्यून रहेको बताइन्छ ।

Advertisement

रोचक के छ भने छिमेकी मुलुक भारत आउँदा भुट्टोले साढे ११ घन्टा लामो यात्रा तय गरेका छन् गोवा पुग्न । तनावकै कारण भारत र पाकिस्तानबिच सोझो हवाई यातायात सेवा छैन । आतंकवाद सम्बन्धि मुद्दा उठाएर भारतले पाकिस्तानलाई घेर्दै आइरहेको छ । त्यसैले पछिल्लो समय अपवादमा बाहेक भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय मञ्च साझा गरेका छैनन् । जसकारण सार्क सम्मेलनसमेत हुन सकेको छैन ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top