Nepal Times
Nepal Times
3
Shares

वार्षिकोत्सवमा बिराट क्याम्पसले गर्याे शिक्षाविद्लाई सम्मान

वार्षिकोत्सवमा बिराट क्याम्पसले गर्याे शिक्षाविद्लाई सम्मान

२१ वैशाख,विराटनगर ।
विराटनगर स्थित बिराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स)ले शिक्षाविद्लाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याएका रामभक्त धमला र धर्मानन्द खरेललाई क्याम्पसले सम्मान गरेको हो

उनीहरुलाई दोसल्ला ओढाइ प्रमाण पत्र र नगद सहित सम्मान गरेको हो । कलेजले शिक्षा क्षेत्रका अग्रजहरुलाई सम्झनु पर्दछ भन्ने सन्देश दिनका लागि नै वार्षिकोत्सवमा यो सम्मान गरिएको क्याम्पसका संचालक रोशन घिमिरेले बताए ।

बि.स. २०२२ सालदेखि विद्यालयमा अध्यापन शुरु गरेका धमला जनता नि. मा विद्यालय , आमतोलाको प्रध्यानाध्यापक हुँदै २०५८ सालमा अवकाश प्राप्त भएका थिए ।

त्यस्तै खरेलले बि. स. २०३८ सालदेखि विद्यालयमा अध्यापन गर्दै सत्यनारायण मा. बि. विराटनगरको प्रध्यानानाध्यापकबाट अवकास प्राप्त गरेका थिए ।

सो अवसरमा क्याम्पसले स्थापनाकालदेखि नै कर्मचारीको रुपमा कार्यरत भानुभक्त घिमिरेलाई कदरपत्रसहित सम्मान गरिएको थियो । कलेजले आफ्ना उत्कृष्ट विद्यार्थी निहारिका न्यौपाने, ईशा दाहाल, रेणु यादव, किरण यादवलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा कलेजमा सम्पन्न भएको वक्तित्वकला प्रतियोगतामा प्रथम हुने दुर्गा भुजेल, दोस्रो हुने सरिता सुतिहार, तृतीय प्रेरणा दास, अन्जु राजवंशी र सोनीकुमारी यादव सान्तवना पुरस्कार प्रदान गरिएकोे थियो ।

२०४८ सालदेखि संचालनमा आएको कलेजमा व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र एसिसिए कार्यक्रम सञ्चालन हुदै आएको कलेजका प्रमुख रामचन्द्र कोइराला (आरसी) कोइरालाले जानकारी दिए ।

कलेजले विद्यार्थीलाई ज्ञान मात्रै नभएर सीपसहितको व्यावहारिक शिक्षा प्रदान गरिरहेको उनले बताएका छन् । पछिल्लो समय एसिसिएमा विद्यार्थीको आकर्षण बन्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.