टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत

२३ बैशाख ८०, आइतबार

२४ वैशाख, काठमाण्डौ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन् । उच्च अदालत पाटनको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको बालेनको दाबी छ ।

Advertisement

टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर बनाइएको भन्दै मेयर शाहले डोजर लगाएर उत्खनन गर्न थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले उच्च अदालतमा रिट निवेदन दिएका थिए । जसमा सुनवाइ गर्दै गत असोजमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो ।

तर केही दिनअघि सार्वजनिक उच्च अदालतको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक रूपमा फर्काउने बाटो खुला गरेको दाबी मेयर शाहले आज सामाजिक सञ्जालमार्फत गरेका हुन् । ‘केही दिनअघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ’, मेयर शाहले लेखेका छन्, ‘टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ।’

Advertisement

उनले अगाडि भनेका छन्, ‘अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुनेगरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।’ शाहले थप लेखेका छन–’नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ ।

सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ ।

Advertisement

तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’

यस फैसलाबाट पनि टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको उनको जिकिर छ । गएको भदौमा काठमाडौं महानगरपालिकाले जयनेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन गरेको थियो ।नारायणहिति दरबार संग्रहालय परिसरबाट बाहिर निस्केदेखि टुकुचा सतहमा देखिँदैन ।

यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजामुनि आइपुगेपछि मात्र बाहिर निस्कन्छ । यसबीचको ४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने लामो समयदेखि अन्यौल थियो जसलाई काठमाडौं महानगरको उत्खनन गरेको छ । महानगरको यो कार्यले धेरैलाई उत्साहित बनाएको छ। तर खोला पुरेर त्यसमाथि घर लगायत भौतिक संरचनाहरू बनाएकाहरुले भने यसको विरोध गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top