आज सुनको भाउ घट्दा चाँदी भने स्थिर

२४ वैशाख ,काठमाडौं ।

Advertisement

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको छ।बिहीबार एक हजार दुई सय रुपैयाँ बढेर हाल सम्मकै उच्च बिन्दु कायम गरेको सुनको मूल्य यस दिन प्रतितोला एक हजार दुई सय रुपैयाँ नै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।बिहीबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top