×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

अमेरिकाको सपिङ मल गएका ८ जना एकै पटक मारिए

२४ बैशाख २०८०

२४ वैशाख,एजेन्सी ।

विश्वकै शक्ति राष्ट्र अमेरिकामा फेरि अर्काे एक गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको टेक्सासमा एक आक्रमणकारीले गोली चलाएर आठ जनाको हत्या गरेको छ । यस पटक गोलीबारी सपिङ मलमा भएको थियो जहाँ मानिसहरू किनमेल गर्न आएका थिए। एलेन सिटीमा भएको यो घटनामा एक बालकको पनि मृत्यु भएको छ ।

Advertisement
Advertisement

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले अचानक अन्धाधुन्ध गोली चलाउन थाले । आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । यो घटना उनले एक्लैले गरेको अनुमान गरिएको छ । हाल अस्पतालमा सात जनाको उपचार भइरहेको छ, जसमध्ये तीन महिलाको अवस्था चिन्ताजनक रहेको छ ।

एलेन सिटी फायर चीफ जोनाथन बॉयडले आक्रमणकारी सहित केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताएको सीएनएनले उल्लेख गरेको छ । जबकि अस्पतालमा दुई जनाको मृत्यु भएको छ । एलेनका प्रहरी प्रमुख ब्रायन हार्वेले गोली चलेको आवाज सुनेपछि एक प्रहरी अधिकारी घटनास्थलमा पुगेर आक्रमणकारीलाई घेरेको बताएका छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले यो घटनालाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन् । उनले यसलाई ‘अवर्णनीय त्रासदी’ भनेका छन् । उनले स्थानीय तहलाई आवश्यक सहयोग गर्न प्रहरी तयार रहेको बताएका छन् । प्रहरीले मलमा आएका मानिसहरूलाई घटनाको समयमा बनाइएका भिडियोहरू बारे सोधेको छ। त्यस्ता व्यक्तिहरूलाई एफबीआईलाई सम्पर्क गर्न भनिएको छ।

केही प्रत्यक्षदर्शीहरूले बन्दुकधारीले कालो कपडा र कम्ब्याक्ट गियर लगाएको बताएका छन्। घटनास्थलबाट आएको भिडियो क्लिपमा पार्किङस्थलमा एकपछि अर्को गरी मानिसलाई कसरी निशाना बनाइएको थियो भन्ने देख्न सकिन्छ । एक प्रत्यक्षदर्शी, फन्टेन पिटनले किनमेल गर्दा हेडफोनबाट बन्दुकको आवाज सुनेको बताएका छन् ।जब मानिसहरूलाई मलबाट बाहिर निस्कन दिइयो, बाहिर शव मात्रै थियो।

Advertisement
Advertisement

गन वाइलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा अहिलेसम्म कम्तीमा १९८ सामूहिक गोलीकाण्ड भएका छन्। यस हप्ताको सुरुमा, टेक्सासमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो। यी व्यक्तिले नौ वर्षीय बालकसहित पाँच छिमेकीको गोली हानी हत्या गरेका थिए । गोलीकाण्डबाट सयौं नागरिकले ज्यान गुमाईसक्दा पनि अमेरिकी सरकारले पूर्ण नियन्त्रण गर्ने बन्दुक कानुन ल्याउन सकेको छैन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top