इन्टरले एसी मिलानलाई तारा देखाइदियो

२८ वैशाख, एजेन्सी ।
युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगको मिलान डर्वीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । इन्टरको जितमा इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे ।

मिलानोमा बुधबार राति भएको खेलमा इन्टरले खेल शुरु भएको ११ मिनेटभित्रै दुई गोल गर्दै त्यही गोललाई जोगाएर जित दर्ता गर्न सफल भयो । खेलको आठौं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए ।

११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए । उनले फेडरिको डिमार्काेको पासलाई सदुपयोग गरेका थिए । ३१औं मिनेटमा इन्टरले पेनाल्टी पाएपनि भिएआरबाट पेनाल्टीले मान्यता पाएन । पहिलो हाफको शुरुमै पछि परेको मिलानले बल पोसेसन राख्दै इन्टरलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

इन्ज्युरी समयमा तोमासो पोवेगाको प्रहार सिधै इन्टरका गोलरक्षक आन्द्रे ओनानाको हातमा पार्दा मिलान गोल अन्तर कम गर्नबाट चुक्यो । मिलानका ब्राहिम डिया, जुनियर मेसिएस र ओलिभर जिरुडले गोलका केही अवसर खेर फालेका थिए ।

यस जितसँगै इन्टरले मिलानविरुद्ध पछिल्लो तीन खेलमा जित निकाल्न सफल भयो । यस जितसँगै इन्टरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब यी दुईबिचको दोस्रो लेगको खेल मे १७ तारिखमा इन्टर मिलानको घरेलु मैदानमा हुनेछ ।

इन्टरलाई यही नतिजा फाइनल पुग्न पर्याप्त हुनेछ । मिलानलाई फाइनल पुग्न कम्तीमा पनि ३–० को जितको आवश्यकता हुनेछ । यसअघि बुधबार बिहान भएको पहिलो सेमिफाईनलको पहिलो लेगमा रियाल मड्रिड र म्यानचेस्टर सिटीले१–१ को बराबरी खेलेका थिए । यी दुईबिचको दोस्रो लेगको खेल मे १८ तारिखमा सिटीको मैदानमा हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top