खाँणसँग शरणार्थी प्रकरणबारे बयान सुरु

२८ वैशाख, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ। सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो।

Advertisement

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो? अदालत किन जानु भएको हो? अदालतले के के निर्णय दियो? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो? भन्ने बिषयमा केन्द्रित भएर बयान सुरु हुने सरकारी वकिलले बताएका छन् ।

उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ। बुधवार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले शनिबारसहित चार दिनको समय दिइसकेको छ।

Advertisement

अदालतले दिएको समयसिमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ। आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाँणसँग बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गरेका छन् । हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँणले सरकारी वकिल समक्ष आफनो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ । खाणसँगै पक्राउ परेका उनका पिए नरेन्द्र केसीलाई पनि त्यहीँ राखिएको छ। परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार दुवै जनालाई सामान्य तरिकाले नै हिरासतमा राखिएको छ।

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो। उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी तथा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। प्रहरीले अब १४ दिनभित्र अनुसन्धान बुझाउनुपर्ने कानुनी व्यवस्था छ। यसैबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्दैछ ।

पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । हिजो बसेको बैठकमा खाणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणबारे निर्णय गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top