×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

पाकिस्तान गृहयुद्ध तर्फ धेकेलियो

२८ बैशाख २०८०

२८ वैशाख, एजेन्सी ।
पूर्वप्रधानमन्त्री इमारान खान पक्राउ परेको दुई दिन नवित्दै पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।

Advertisement
Advertisement

’ पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा अर्धसैनिक बलले अदालत परिसरबाट यही मंगलबार पक्राउ गरेको थियो । उनी पक्राउ परेको विरोधमा सुरु भएको आन्दोलनका कारण पाकिस्तान तनावग्रस्त छ ।

उनका समर्थकहरुले भौतिक संरचना र सवारी साधनहरुमा आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनको क्रममा १० जनाको मृत्यु भइसकेको छ । हजारौ समर्थकहरु सडकमा उत्रिएका छन् । धेरै स्थानमा निषेधाज्ञा लगाइएको छ भने फोन र इन्टरनेटमा अप्रत्यक्ष रुपमा आंशिक पाबन्दी लगाइएको छ ।

यसैबीच इमरान खान पछि सत्तामा आएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले देशवासीको नाममा सम्बोधन गर्दै हिंसामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुर्ने चेतावनी दिएका छन् । पूर्वविदेशमन्त्री कुरेशीले भने आफू पक्राउ पर्नुअघि भिडियो सन्देश जारी गर्दै इमरान खानको रिहा नभएसम्म आन्दोलन नरोक्न समर्थकहरुलाई आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘इमरान खान जसको नियन्त्रणमा छन्, तिनीहरुबाट ज्यानको खतरा छ । इमरान खानलाई रिहा नगरेसम्म तपाईंहरुले स्वतन्त्रताको संघर्ष जारी राख्नुहोला ।’ उनको पार्टी पीटीआईले ट्वीट गरेर कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरेर अज्ञात स्थलमा लिएको जानकारी दिएको छ ।

कुरैशी पीटीआईका उपाध्यक्ष हुन् ।इमरान खान नवाज शरीफको प्रधानमन्त्री पद गुमेपछि सत्तामा आएका थिए । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए ।

सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषी ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो । त्यसपछि प्रमुख विपक्षी दलका नेता रहेका खान प्रधानमन्त्री बन्न सफल भए । त्यसको चार वर्षपछि खानविरुद्ध संसदबाट अविश्वास प्रस्ताव पास भएपछि उनी प्रधानमन्त्री पदबाट मुक्त भए ।

त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता रहेका शहबाज शरीफ प्रधानमन्त्री बने । शहबाज नवाज शरीफका भाइ हुन् । नवाजका भाइ शहबाज सत्तामा आएपछि प्रतिशोधको राजनीतिक साँधिएको आरोप खान समर्थकहरुले लगाउँदै आएका छन् ।

Advertisement

अल कादिर ट्रष्टमा भ्रष्टाचार गरेको, प्रधानमन्त्रीको हैसियतमा पाएका उपहार गैरकानुनी ढंगले बेचेको लगायतका आरोप इमरान खानमाथि लागेको छ । विश्वविद्यालय सम्बन्धी अल कादिर ट्रष्टमा इमरान खान र उनकी पत्नी बुशरा बीबी मात्र ट्रष्टी छन् । इमरान खानले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top