बुद्ध एयरका मालिकले खोले आरजु राइसमिल

२७ बैशाख ८०, बिहीबार

२८ वैशाख, काठमाण्डौ ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राईस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवार देखि बजारमा ल्याएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राईस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो ।

मिलका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले किसानले उत्पादन गरेको धानको न्यनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए । उनले विगत दुई दशकदेखि खेतीकिसानीलाई सहता गदै आएको बताउनु भयो। उहाँले किसान र उपभोक्ताबीचको दूरी नजिक बनाउनको लागि राईस मिलले काम गरेको बताए ।

उनले राईस मिलमा निफन्नेदेखि,सुकाई र भण्डारसम्म रहेको बताए । उनले मिलले दुई सिजनमा १० करोड रुपैयाँसम्म किसानलाई भुक्तानी गरेको बताउनु भयो। उनले अहिले ४ हजार विघाका किसानहरु आवद्ध भएको र अझ बढ्ने क्रम रहेको बताए ।

Advertisement

उनले मिलले नेपाली किसान भन्दा अन्य किसानको धान खरिद नगर्ने बताउनु भयो। उनले अबको खेतीकिसानी निर्वाहमुखी नभएर व्यवसायिकरण र आम्दानीमुखी बनाउन मिलले योगदान गर्ने बताए । उनले नेपालमा उत्पादन भएको उत्कृष्ट लामो रामधानलाई प्रशोधन गरेर लङ्ग्रेन चामल बजारमा ल्याएको बताए ।

बस्नेतले हाल बजारमा रहेको लङग्रेन चामलको तुलनामा कम कनिका रहित र स्वादिलो रहेको बताए । उनले आरजु लङग्रेन चामल काठमाडौं लगायतका बजारमा प्रतिकेजी १३० रुपैयाँमा आएको बताए । त्यस्तै उक्त कार्यक्रममा बोल्दै बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठले नेपालमा खाद्यबालीको उत्पादनमा कमी भइरहेको बताए ।

Advertisement

उनले अहिलेकै अवस्थामा कायम भए देशमा चरम खाद्य संकट उत्पन्न हुने दाबी गरे । उनले सरकारले समस्या समाधान गर्नको लागि विभिन्न प्रयासहरु गरिरहेको पनि बताए। उनले सरकारले विगत केही वर्षदेखि राईसमिल मोडलबाट प्रत्येक स्थानीय र प्रदेश सरकारसँग किसानसँग सहकार्य गरेर काम गरिरहेको बताए ।

उनले लुम्बिनी प्रदेश र सुदूरपश्चिमबाट शुरु भएको भन्दै अब मधेस प्रदेश र कोशी प्रदेशमा पनि सञ्चालित रहेको बताए।उनले सरकारले प्रदेश प्रदेशमा ७५ लाखदेखि १ करोडसम्म रकम विनियोजन गरेको बताएका छन् । आन्तरिक उडानमा नेपालको सबैभन्दा धेरै यात्रु बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत व्यवसायिक कृषिमा लगानी गरेको छ ।

२०६९ सालमा नेपाल कृषि कम्पनी स्थापना गरी मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यवसायीकरण र यान्त्रीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा ल्याएको छ । ५० करोड रुपैयाँ लगानीमा ‘आरजु राइस मिल’को स्थापनामा गरिएको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top