विश्वकै कान्छी फिनल्याण्डकी प्रधानमन्त्रीको सम्बन्ध विच्छेद

२८ वैशाख, एजेन्सी ।
विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सान्ना मारिन चुनाव हारेपछि पद छाड्ने तयारीमा छिन् । यसैबीच, बुधबार उनले आफू र आफ्ना श्रीमानले सम्बन्धविच्छेद गरेको घोषणा गरेकी छन् । “हामीले सँगै सम्बन्धविच्छेदको लागि निवेदन दिएका थियौं,“ मारिनले इन्स्टाग्राममा भनेकी छन्।

हामी १९ वर्षको लागि सँगै भएकोमा धेरै आभारी छौं। उनले थप भनेकि छन् अझै पनि आफ्नो पार्टनर मार्कस राइकोनेनको म’बेस्ट फ्रेन्ड’ हु । मार्कसले आफ्नो इन्स्टा प्रोफाइलमा यो घोषणा गरेकी छन् । यी दम्पतीका पाँच वर्षकी छोरी छिन् । ’हामी एक परिवारको रूपमा सँगै समय बिताउन जारी राख्नेछौं,’ मारिनले भनेकी छन् ।

गत महिना अप्रिलमा मारिनको सोसल डेमोक्र्याट पार्टी २०० सदस्यीय संसदमा ४३ सिटसहित तेस्रो भएको थियो। राष्ट्रिय गठबन्धनले ४८ र फिन पार्टीले ४६ सिट जितेका छन् र अहिले दुवै दल मिलेर सरकार बनाउने वार्तामा छन् । ३७ वर्षीया साना मारिन सन् २०१९ मा विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिइन ।

निजी रूपमा सार्वजनिक डिस्को पार्टी गर्नेदेखि लिएर आफ्नो देशलाई नेटोमा नेतृत्वसम्म पुर्याउनेमा सन्ना मारिन दशककै फिनल्याण्डको सबैभन्दा लोकप्रिय प्रधानमन्त्री थिइन्। कोभिड–१९ महामारीको बेला उनको लोकप्रियता चरम सीमामा थियो । उनको कोरोनासँग लड्ने तरिकाको विश्वभर प्रशंसा भएको थियो ।

सन्ना मरिन आफ्नो निजी जीवनलाई लिएर पनि विवादमा परेकी छिन् । गत वर्ष अगस्ट २०२२ मा, उनी फिनिश सेलिब्रेटीहरूको समूहसँग पार्टी गर्दै देखिएकी थिइन । सानाको पार्टीको भिडियो सामाजिक सञ्जालमा निकै शेयर भएको थियो । उनी विश्वको प्रमुख समाचारको हिस्सा बनेकी थिइन् ।

विवाद चर्किएपछि उनले ड्रग्सको परीक्षण समेत गराउनुपरेको थियो । कतिपयले उनको निजी जीवनको अधिकारको रक्षा गरेका थिए भने केहीले उनलाई आफ्नो हैसियतको गरिमा नराखेको भन्दै आलोचना गरेका थिए । सान्ना मारिनको सरकारले औपचारिक रूपमा राजीनामा दिएको छ तर नयाँ सरकार गठन र नियुक्ति नभएसम्म कार्यवाहकको रूपमा काम गरिरहनेछ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top