देश छाडेर भागेको हल्ला पछि आरजूको फोटो आयो

२९ वैशाख, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा देश छोडेर भागेको हल्ला चल्यो। सामाजिक संजालमा आरजू भारत हुँदै तेस्रो मुलुक भागेको हल्ला चलेपछि आरजू देउवाले हेटौंडाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।

Advertisement

उनले हिजो हेटौंडामा स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी हुन्। आरजूले उक्त फोटो पोस्ट गर्दै आफू नेपालमै रहेको जानकारी दिन खोजेकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम पनि मुछिएको छ।

एक अडियोमा पीडितले आरजू देउवा र मञ्जु खाँणलाई पैसा बुझाएको दाबी गरिएको छ। उक्त अडियोको वैज्ञानिक जाँच भइरहेको प्रहरीले जनाएको छ। स्वयम आरजूले पनि सो अडिओ छानविन गर्न भन्दै साइबर ब्युरोमा निवेदन दिएकी छन् । बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसभित्र तरंग उत्पन्न भएको छ।

Advertisement

सोही विषयलाई आधार बनाएर आरजू भारत हुँदै सिंगापुर भागेको हल्ला चलेको थियो। तर आरजूले आफू नेपालमै रहेको पुष्टि हुने गरि बिहीबार हेटौंडामा रहेको स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो सामाजिक संजालमा पोस्ट गरेकी हुन्। सभापति देउवाका स्वकिय सचिव भानु देउवाले समेत आरजु काठमाडौ निवासमै रहेको बताएका छन् ।

अहिले सामाजिक सञ्जालमा तेस्रो मुलुक गएको भन्ने हल्ला निराधार भएको उनको भनाइ छ । केही दिन अघि मात्रै नक्कली शरणार्थी प्रकरणमा फरार सुचीमा रहेका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायामाझीको भन्दै एक नक्कली स्टाटस भाइरल बनेको थियो । जहाँ टोपबहादुरको नामबाट आजै प्रहरी समक्ष आत्मसमर्पण गर्छु भन्ने लेखिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top