Nepal Times
Nepal Times
3
Shares

शरणार्थी प्रकरणमा रवि र लिङ्देनको खबरदारी

शरणार्थी प्रकरणमा रवि र लिङ्देनको खबरदारी

२९ वैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेताहरुसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक नहुने प्रतिबद्धता जनाएका छन् । सो प्रकरणमा सत्यतथ्य छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको टोलीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय जगतको समेत चासोको विषय बनिसकेको छ । त्यसैले यो विषयबाट ब्याक हुन मिल्दैन । हुँदैनौं ।’ उनले यो छानबिनको क्रममा कुनै दबाब नपर्न सरकारलाई आग्रह गरेकोसमेत बताए ।

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन् ।

हाइ–प्रोफाइल व्यक्तिहरु पनि मुछिएकाले प्रधानमन्त्रीलाई आफूहरुले कुनै दबाब नपरी छानबिन अघि बढाउन माग गरेको अध्यक्ष लिङ्देनले बताए । सरकारले गरेको राम्रो काममा आफूहरुको साथ रहने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउँदै सबै ठूल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु पनि खोलिनुपर्ने बताए ।

२०४६ पछिका सबै उच्चपदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण बताउनुपर्ने उनको भनाइ छ । यही खबरदारीलाई सरकार बाहिर रहेको रास्वपाले पनि जोड दिइरहेको छ ।

आज मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका रास्वपा सभापति रवि लामिछानेले शरणार्थी प्रकरणको अनुशन्धानका लागि बलियो साथ दिने बताएका छन् । यही अनुशन्धान नरोकियोस र भ्रष्टचारका अन्य सबै फाइलहरु खेलिनु पर्ने भन्दै रास्वपाले शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरेको छ ।सो सभामा पार्टीभन्दा माथि उठेर पार्टीको झन्डा र नारा नबोकी उपस्थित हुन् भनिएको छ ।

भ्रष्टचार विरोधी हामी, भ्रष्टचारविरुद्ध एक हौं भन्ने नारासहित नक्साल नारायणचौरमा भेलाको आयोजना गरिएको छ । भ्रष्टाचार यो देशको साझा दुश्मन भएको भन्दै रविले दलको नेता भएर होइन सचेत नागरिक भएर कार्यक्रममा सहभागी हुने बताएका छन् ।राम्रो काम जसले गरेपनि सघाउनु पर्ने भन्दै रविले देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरुलाई सकेसम्म सहभागी हुनु आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.