×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

टि–२० विश्वकप छनोट नेपालमा हुने

३० बैशाख २०८०

३० वैशाख, काठमाण्डौ ।
नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको छ । पछिल्लो समय नेपालले लगातार महत्त्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको अवसर पाइरहेका बेला यो अवसर प्राप्त गरेको हो । जसअनुसार अब टी–२० विश्वकपको एसिया छनोटको जिम्मा नेपालले पाएको क्यानले जनाएको छ ।

अत्यधिक क्रिकेट समर्थकका कारण अन्तर्राष्ट्रिय रूपमा नै चर्चाको शिखरमा पुगेको बेला नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको हो । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

Advertisement
Advertisement

नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघि पूर्वाधारका कारण नेपालले ठूला प्रतियोगिता आयोजना गर्न पाएको थिएन ।

छनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ ।

फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन । टी–२० विश्वकपमा पहिलो पटक २० राष्ट्र प्रतिस्पर्धा गर्दै छन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्ने भएकाले धेरै राष्ट्रले विश्वकपको अवसर प्राप्त गर्न लागेका हुन् ।

खेलका लागि मैदानको अवस्थाको निरिक्षण र सुधार गर्न आइसिसीले क्यानलाई मैदान निरीक्षणपछि आवश्यक सल्लाह दिने क्यानले जनाएको छ । चन्दका अनुसार प्रतियोगिता आयोजना गर्ने दाबी यूएईले पनि देखाएको थियो, तर विगतमा विश्वकप छनोटदेखि एसिया कपसम्म आयोजना गरिसकेका हुनाले आईसीसीले यस पटक नेपालको पालो रहेको बताएको थियो ।

यता पाकिस्तानले एसिया कपका लागि नयाँ प्रस्ताव गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजाम सेठीले बीबीसीको स्टम्प पोडकास्टलाई जनाएअनुसार पाकिस्तानले १३ मध्येको ४ खेल आफूले आयोजना गर्न चाहेको र फाइनलसहितका ९ खेल तटस्थ भूमिमा आयोजना गर्ने प्रस्ताव राखेको छ । भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको अवस्थामा पाकिस्तानले यो नयाँ प्रस्ताव राखेको हो ।

यसअघि भारतले आफ्नो खेल सबै तटस्थ भूमि यूएईमा खेलेर आफू आयोजक बन्न तयार रहेको पीसीबीको प्रस्तावलाई भारतले अस्वीकार गरेको जनाइएको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) का पदाधिकारीहरूले पनि यो प्रस्तावलाई स्विकारेका छैनन । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसहित नेपालले सेप्टेम्बर २ देखि १९ सम्म हुने एसिया कपमा सहभागिता जनाउने तालिका रहेको छ ।

नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो । तर एसीसीले अहिलेसम्म एसिया कपको आयोजक टुंगो लगाउन नसक्दा अन्योल बढ्दै गएको छ । सेप्टेम्बरमा यूएईमा उच्च तापक्रम हुने जनाउँदै श्रीलंका र बंगलादेशले पाकिस्तानको तटस्थ भूमि प्रस्तावलाई अस्वीकार गरेका छन । भारत र पाकिस्तानको समूहमा नेपाल रहेको छ ।

पाकिस्तानले राखेको ४ खेल आफ्नो भूमिमा हुनुपर्ने प्रस्ताव पारित भएमा नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानी भूमिमा खेल्नुपर्ने हुन सक्छ । त्यसो भएमा भारतसँगको खेल तटस्थ भूमिमा हुनेछ । भारतले अक्टोबर–नोभम्बरमा विश्वकप आयोजना गर्दै छ ।

तर पीसीबीले आयोजना गर्ने एसिया कपमा भारतले नखेलेमा भारतले आयोजना गर्ने विश्वकपमा आफ्नो देशको सरकारले पाकिस्तानलाई पनि सहभागि हुन नदिने सम्भावना रहेको उक्त पोडकास्टमा सेठीको भनाइ उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ ।

Advertisement

सेठीले भनेका छन्, ‘पाकिस्तानबिना एसिया कप आयोजना हुनेछैन । एसिया कपको आम्दानीको ८० प्रतिशत भारत–पाकिस्तानको खेलबाट हुनेछ र त्यहीअनुसारको तालिका निर्माण गरिएको छ । जसअनुरूप कम्तीमा दुई पटक भारत र पाकिस्तान एउटा एसिया कपमा खेल्नेछन् र दुवै टोली फाइनल पुगेमा तीन खेल हुनेछ ।’

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top