NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ? शुक्रबार अशोज ३ , २०८२
यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

टि–२० विश्वकप छनोट नेपालमा हुने

शनिबार बैशाख ३० , २०८०
Reading Time: 1 min read
A A
टि–२० विश्वकप छनोट नेपालमा हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० वैशाख, काठमाण्डौ ।
नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको छ । पछिल्लो समय नेपालले लगातार महत्त्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको अवसर पाइरहेका बेला यो अवसर प्राप्त गरेको हो । जसअनुसार अब टी–२० विश्वकपको एसिया छनोटको जिम्मा नेपालले पाएको क्यानले जनाएको छ ।

अत्यधिक क्रिकेट समर्थकका कारण अन्तर्राष्ट्रिय रूपमा नै चर्चाको शिखरमा पुगेको बेला नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको हो । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघि पूर्वाधारका कारण नेपालले ठूला प्रतियोगिता आयोजना गर्न पाएको थिएन ।

LS Auto

छनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ ।

फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन । टी–२० विश्वकपमा पहिलो पटक २० राष्ट्र प्रतिस्पर्धा गर्दै छन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्ने भएकाले धेरै राष्ट्रले विश्वकपको अवसर प्राप्त गर्न लागेका हुन् ।

खेलका लागि मैदानको अवस्थाको निरिक्षण र सुधार गर्न आइसिसीले क्यानलाई मैदान निरीक्षणपछि आवश्यक सल्लाह दिने क्यानले जनाएको छ । चन्दका अनुसार प्रतियोगिता आयोजना गर्ने दाबी यूएईले पनि देखाएको थियो, तर विगतमा विश्वकप छनोटदेखि एसिया कपसम्म आयोजना गरिसकेका हुनाले आईसीसीले यस पटक नेपालको पालो रहेको बताएको थियो ।

यता पाकिस्तानले एसिया कपका लागि नयाँ प्रस्ताव गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजाम सेठीले बीबीसीको स्टम्प पोडकास्टलाई जनाएअनुसार पाकिस्तानले १३ मध्येको ४ खेल आफूले आयोजना गर्न चाहेको र फाइनलसहितका ९ खेल तटस्थ भूमिमा आयोजना गर्ने प्रस्ताव राखेको छ । भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको अवस्थामा पाकिस्तानले यो नयाँ प्रस्ताव राखेको हो ।

यसअघि भारतले आफ्नो खेल सबै तटस्थ भूमि यूएईमा खेलेर आफू आयोजक बन्न तयार रहेको पीसीबीको प्रस्तावलाई भारतले अस्वीकार गरेको जनाइएको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) का पदाधिकारीहरूले पनि यो प्रस्तावलाई स्विकारेका छैनन । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसहित नेपालले सेप्टेम्बर २ देखि १९ सम्म हुने एसिया कपमा सहभागिता जनाउने तालिका रहेको छ ।

नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो । तर एसीसीले अहिलेसम्म एसिया कपको आयोजक टुंगो लगाउन नसक्दा अन्योल बढ्दै गएको छ । सेप्टेम्बरमा यूएईमा उच्च तापक्रम हुने जनाउँदै श्रीलंका र बंगलादेशले पाकिस्तानको तटस्थ भूमि प्रस्तावलाई अस्वीकार गरेका छन । भारत र पाकिस्तानको समूहमा नेपाल रहेको छ ।

पाकिस्तानले राखेको ४ खेल आफ्नो भूमिमा हुनुपर्ने प्रस्ताव पारित भएमा नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानी भूमिमा खेल्नुपर्ने हुन सक्छ । त्यसो भएमा भारतसँगको खेल तटस्थ भूमिमा हुनेछ । भारतले अक्टोबर–नोभम्बरमा विश्वकप आयोजना गर्दै छ ।

तर पीसीबीले आयोजना गर्ने एसिया कपमा भारतले नखेलेमा भारतले आयोजना गर्ने विश्वकपमा आफ्नो देशको सरकारले पाकिस्तानलाई पनि सहभागि हुन नदिने सम्भावना रहेको उक्त पोडकास्टमा सेठीको भनाइ उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ ।

सेठीले भनेका छन्, ‘पाकिस्तानबिना एसिया कप आयोजना हुनेछैन । एसिया कपको आम्दानीको ८० प्रतिशत भारत–पाकिस्तानको खेलबाट हुनेछ र त्यहीअनुसारको तालिका निर्माण गरिएको छ । जसअनुरूप कम्तीमा दुई पटक भारत र पाकिस्तान एउटा एसिया कपमा खेल्नेछन् र दुवै टोली फाइनल पुगेमा तीन खेल हुनेछ ।’

Tags: #एसिया कप#टि–२० विश्वकप छनोट#पाकिस्तानको नयाँ प्रस्ताव

लोकप्रीय

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

विचार

थप समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की
ताजा समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?
खेलकुद

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते
खेलकुद

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.