×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

बंगालको खाडीको आँधीले नेपालमा हावाहुरी र वर्षा

१ जेष्ठ २०८०

१ जेठ, एजेन्सी ।
मोखा चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । बंगालको खाडीबाट विकसित भएको सो चक्रवातका कारण म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् ।

तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका बीबीसीले जनाएको छ । सबैभन्दा बढी प्रभावित कोक्स बजार भएको बंगलादेशका अधिकारीहरुले बताएका छन् ।

Advertisement
Advertisement

कोक्स बजारको शरणार्थी शिविरमा करिब १० लाख मानिसहरुको बसोबास छ । आँधी र भारी वर्षाबाट प्रभावितहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । बंगलादेश मौसम विज्ञान विभागका अनुसार तुफान बंगलादेशबाट गइसके पनि वर्षा अझै केही दिन जारी रहने छ ।

चक्रवातका कारण ठूलो आँधी र पानी पर्ने पूर्वानुमान सार्वजनिक भएलगत्तै बंगलादेशले ५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारेको थियो । विभागका अधिकारीहरुले प्रभावित भएकाहरु अब आ–आफ्नो घर जान सक्ने जनाएका छन् । तर आगामी २४ घण्टासम्म समुद्री किनारतर्फ भने नजान अधिकारीहरुले सल्लाह दिएका छन् ।

नेपालमा भने यो चक्रवातको प्रभाव परेन । तर पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गएको १२ घण्टामा धेरै ठाउँमा वर्षासँगै हावाहुरी चलेको छ । हुरीले पुर्याएको क्षतिको विवरण आएको छैन । तर, कतिपय ठाउँमा जस्ताका टहरा भत्किएका छन् । मौसमविद्का अनुसार गएको १२ घण्टामा पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा वर्षा भएको छ ।

यस्तै, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि हावाहुरीसहित वर्षा भएको छ । कर्णालीका एक÷दुई ठाउँमा पनि पानी परेको छ । आज दिउँसो पछि पनि मौसम बदली भइ हावाहुरीसहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । हावाहुरी भने धेरैजसो ठाउँमा लाग्ने अनुमान छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top