×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

शरणार्थी प्रकरणमा प्रहरीसँग अब दुई दिन

१ जेष्ठ २०८०

१ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम उठाएर ठगी गरिएको प्रकरणमा फरार रहेका टोपबहादुर रायामाझी समेत पक्राउ परेपछि अहिलेसम्म १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका केही प्रतिवादी अझै फरार छन् । पक्राउ परेका १२ जनालाई अनुशन्धानका लागि अदालतले आइतबार थप ४ दिनको समय दिएको छ ।

अब केही दिन भित्र प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयललाई बुझाउनुपर्ने छ। पक्राउ पूर्जी जारी भएका, तर फरार रहेका आङटावा शेर्पा, प्रतीक थापा, निरज राईलगायतलाई पक्राउ गर्न प्रहरीले खोजी जारी रहेको जनाएको छ। प्रहरीले हालसम्म गरेको अनुसन्धानअनुसार उनीहरुविरुद्ध ४ अभियोगमा मुद्दा दायर गर्ने गरी सरकारी वकिलको कार्यालयले तयारी गरिरहेको छ।

Advertisement
Advertisement

सरकारी वकिल कार्यालय स्रोतका अनुसार यो प्रकरणमा हालसम्म ४ अभियोगमा मुद्दा आर्कषित हुनसक्ने देखेको छ। सुरुमा ठगीमा अनुसन्धान गरेको उक्त मुद्दामा उच्च तहको राजनीतिक संलग्नता देखिएपछि संगठित अपराधमा लागेको थियो। अभियोगपत्रमा उच्च तहको संलग्नताका साथै समूह मिलेर गरेकाले संगठित अपराधको दाबी पनि गर्ने तयारी गरिएको छ।

सँगै राज्यविरुद्धको अभियोग पनि अभियोगपत्रमा दाबी गर्न सकिने अहिलेसम्मको अनुसन्धानले देखिएको छ। तेस्रो देशका लागि पुनर्बास हुन लागेका उनीहरुलाई नक्कली बनाउनु राज्यकै काममा बाधा पु¥याउनु र राज्यलाई बदनाम गराउने कार्य भएकाले संगठित अपराधसँगै राज्यविरुद्धको कसुरको अभियोग पनि दाबी गर्ने सरकारी वकिलको तयारी छ।

त्यस्तै गृह मन्त्रालयको छानबिन प्रतिवेदनमा कीर्ते गर्ने काम संलग्नहरुले गरेकाले यसको पनि दाबी अभियोगपत्रमा गर्ने तयारी गरिएको छ। सरकारी गोप्य दस्तावेज आफू अनुकूल बनाउनेदेखि नक्कली परिचयपत्रसमेत बनाउने कार्य संगठित रुपमा गरेको देखिएकाले यो अभियोग पनि दाबी गर्ने तयारी छ।

त्यस्तै विभिन्न व्यक्तिहरुलाई अमेरिका लैजाने भनि रकम उठाउने कार्य पनि भएकाले ठगी त स्वतः आकर्षित हुने सरकारी वकिलको कार्यालयको दाबी छ। पीडितले आफूहरू ठगिएको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले चैत्र १२ गतेमात्रै आरोपीलाई पक्राउ गरी अनुसन्धानमा गम्भीरता देखाएको थियो। १०६ जना पीडितहरूले २० वटा छुट्टै जाहेरी दिएका थिए। सरकारी वकिलले हालसम्म भएका अनुसन्धानहरुलाई समेटेर जिल्ला अदालतमा अभियोगपत्र दायर गर्ने र आवश्यक देखिएमा पुरक अभियोगपत्र पनि दायर गर्ने तयारी गरेको छ।

उक्त अभियोगमा अनुसन्धान गर्दा ६१औं दिनमा सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने छ। उक्त प्रतिवेदनमा सरकारी वकिलले थप अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ। अब प्रहरीलाई अनुसन्धान गर्न २ दिनको समय छ। उक्त अवधिमा अनुसन्धान नसकिएमा पुरक अभियोग पनि लैजान सकिने मुलुकी फौजादारी संहितामा उल्लेख छ।अनुसन्धान टोलीले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नै अनुसन्धान गर्न प्रस्ताव गर्ने तयारी गरेको छ।

Advertisement

री दिने तयारी अनुसन्धान टोलीको छ। अख्तियारले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतको संलग्नता र उनीहरुको सम्पत्तिमाथि पनि अनुसन्धान गर्न सक्ने छ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top