×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

प्रदेश १ सरकारले दोहोरो र अनावश्यक कर हटाउने

१९ भाद्र २०७५

विराटनगर,भदौ १९
प्रदेश १ सरकारले प्रदेश भित्र लगाइएका अव्यवहारिक क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताएका हुन् । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री आङ्वोले करको विषयमा कतिपय स्थानिय तहले सामान्य त्रृटी गरेको भए पनि त्यसलाई अनावश्यक चर्काइएको दाबी गरे ।

मन्त्रालयले अहिले प्रदेशभरिका एक सय ३७ वटै स्थानीय तहका आर्थिक ऐन झिकाएर उनीहरुले लगाएको करबारे अध्ययन गरिरहेको बताउँदै उनले अव्यवहारिक क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाइने स्पष्ट पारेका हुन् । संघ र प्रदेश सरकारले लगाएका करमा खासै विवाद नभएको उल्लेख गर्दै उनले स्थानीय तहका करमा उत्पन्न विवाद समाधानका लागि मन्त्रालयले पहल गरिरहेको जानकारी दिए । कतिपय स्थानीय तहले क्षेत्राधिकार बाहिर कर लगाएको र कतिपयमा दोहोरो करको समस्या देखिएको स्वीकार गर्दै उनले त्यसलाई समाधान गरिने बताए ।

Advertisement
Advertisement

यसैबीच एक नम्बर प्रदेशसभा बैठकले विपद् ब्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । प्रदेश भित्र हुन सक्ने प्राकृतिक र मानविय विपद्को जोखिम कम गर्न, विपद्पछि उद्धार, राहत र पुनस्र्थापनका लागि सरकारले विधेयक संसदमा पेस गरेको थियो ।

विधेयक माथि कुनैपनि संसोधन नपरेकाले प्रदेशसभाको पुर्ण बैठकले दफावार छलफल बिनै विधेयक पारित गरेको हो । एक नम्बर प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले जनता र सांसदहरुलाई समेत झुक्याइरहेको आरोप लगाएका छन् ।

Advertisement

बैठकमा विशेष समय लिँदै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले प्रदेशको नाम र राजधानी साउनभित्रमा तोक्ने बताए पनि अहिलेसम्म पूरा नभएको बताए । प्रदेश सरकारको भनाइ अनुसार सांसदहरुले जनतालाई साउनभित्रै प्रदेशको नाम र राजधानी तोकिने बताए पनि पूरा नहँुदा जनताले आफूहरुलाई झुक्याएको महसुस गरेको उनको भनाइ छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top