पहाड, तराई र उपत्यका सबैतिर वर्षा

३ जेठ ८०, बिहीबार

४ जेठ,काठमाडौं ।
काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । बिहानबाट वर्षा भइरहे पनि मध्याह्न १२ बजे अगाडि केही समय पानी पर्न रोकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसपछि पुनः वर्षा सुरु हुनेछ । दिनभर वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नहुने मानन्धरको भनाइ छ ।

मनसुन नजिकिएकाले अब मध्याह्नपछि प्रायः हरेक दिन वर्षाको सम्भावना रहने उनी बताउँछिन् । भारी वर्षाको सम्भावना कम भए पनि हरेकदिन जसो पानी पर्ने उनको भनाइ छ । यस्तै आज देशका धेरै ठाउँमा पानी पर्ने पनि उनले बताएकी छिन् ।

मौसमविद् मानन्धरका अनुसार आज पहाडी जिल्लासहित तराईका एक÷दुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशको मध्यभाग बाहेक अन्य ठाउँमा मौसम बदली भइ दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिजो पनि दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको थियो । गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हिजो ठूलो वर्षासमेत भएको थियो । गएको २४ घण्टामा बाग्मती प्रदेशको नगरकोटमा ६५ मिलीमिटर, दामनमा ४२ दशमलव २ र काठमाण्डौमा २३ मिलीमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी परेको महाशाखाले जनाएको छ । आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

कोसी, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ ।

अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top