आज सुनको भाउ घट्दा चाँदी भने स्थिर

३ जेठ ८०, बिहीबार

४ जेठ,काठमाडौं ।

Advertisement

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top