×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

शरणार्थी प्रकरणमा हज कमिटि जोडियो,अध्यक्ष पक्राउ

४ जेष्ठ २०८०

४ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ परेका छन् । पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

प्रहरीले गृह मन्त्रालयको बा १ झ १५८१ नम्बरको सरकारी गाडी बरामद उक्त गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेपछि उनको खोजी गरिरहेको थियो । मिया काम विशेषले सिंहदरबार छिरेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

उनले गृह मन्त्रालय अन्तरगत नेपाल हज कमिटीको सचिवालयमा सहसचिव सरहको सेवा सुविधा लिइरहेका थिए । नेपाल हज समिति कार्यविधि २०७२ अनुसार नेपाली मुस्लिमको प्रमुख धार्मिक कार्य हज र उमरा सम्बन्धी धार्मिक यात्रालाई व्यवस्थित तथा प्रभावकारी रूपले सञ्चालन गर्नका लागि सरकारले नेपाल हज समिति गठन गरेको छ ।

मन्त्रालयले तोकेको इस्लाम धर्म तथा हज यात्राको बारेमा विज्ञ व्यक्तिका रूपमा मिया हज समितिको अध्यक्ष रहेका छन् । कार्यविधि अनुसार २ वर्षे कार्यकालमध्ये उनको अब एक वर्षे कार्यकाल बाँकी रहेको थियो । हाल पक्राउ परेका मियाँलाई ओली सरकारको पालामा पहिलो पटक २०७५ पुस २९ मा मन्त्रिपरिषदले हज समितिको अध्यक्षमा नियुक्ति गरेको थियो।

गृह मन्त्रालय मातहत रहने हज समितिमा मियाँको यो पहिलो इन्ट्री थियो। त्यतिबेला गृहमन्त्री भने एमाले उपाध्यक्ष रामबहादुर थापा बादल थिए। हज समितिको कार्यालय समेत गृह मन्त्रालयमै रहन्छ । मियाँ अध्यक्ष भएपछि त्यतिबेला उनले चढ्ने गाडी भुटानी शरणार्थी प्रकरणका गिरोहले चढ्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

सरकारी गाडी चढेर लेनदेनको कारोबार गर्दा सुरक्षित हुने भन्दै मियाँको गाडी गिरोहहरुले प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ। नेपाल हज समिति कार्यविधि अनुसार हज समितिको अध्यक्षको पदावधि २ वर्षको हुनेछ। पदावधि सकिएपछि पुनः मियाँको दोस्रो कार्यकाल २०७७ माघ ७ गते थपियो। त्यतिबेला पनि ओली नेतृत्वकै सरकार थियो।

२०७८ वैशाख असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भए। राजनीतिक नियुक्ति हुने हज समितिको अध्यक्षमा देउवा सरकारले पनि मियाँलाई रुचायो। र, उनलाई निरन्तरता दिएको थियो । त्यतिबेला गृहमन्त्री भने बालकृष्ण खाण थिए। उनकै मातहतमा रहेर मियाँले काम गरेका थिए।

Advertisement

अहिले खाणसँगै मियाँ पनि हिरासत पुगेका छन्। मिया अर्घाखाँचीका हुन्। अर्घाखाँचीकै सांसद तथा एमालेका सचिव टोपबहादुरसँग मियाँको राम्रो सम्बन्ध रहेको बताइन्छ। हिरासतमा रहेका टोपबहादुरसँगै नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग पनि मियाँ निकटस्थ छन्। पाण्डेको घर पनि अर्घाखाँची नै हो।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top