ज्ञानेन्द्रलाई प्रचण्डको जवाफ : जेल जान तयार छु

४ जेठ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी लडाकुलाई व्यवस्थापन गर्ने क्रममा राज्यकोषको अर्बौँ रुपैयाँ हिनामिना भएको भनेर उछालिएको भन्दै आपत्ति जनाएका छन् । दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको पनि बताएका छन् ।

उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ’क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ ।

फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’ उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए । ’पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ ।

त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ’यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ ।

त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’ यस्तै दाहालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गर्न सरकार दृढ रहेको बताए ।

माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्नेछ । सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनुपर्छ ।

शान्तिप्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ।’ प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने कुरामा सरकार दृढ रहेको पनि बताए । यस्तै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको सांगठनिक ठगी अपराध भएको भन्दै त्यसमा संलग्न कसैलाई पनि उम्किन नदिने पनि बताएका छन् ।

उक्त प्रकरणमा संलग्न जुनसुकै ओहदाको भएपनि कारबाही गरिने र प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने पनि प्रधानमन्त्रीले दृढता व्यक्त गरेका छन् । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफमा नक्कली शरणार्थी प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको बताए ।

उक्त प्रकरणमा ’भीभीआईपी विरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ? कारबाहीको दायरामा ल्याउनुहुन्छ कि हुन्न ?’ भन्ने प्रश्न कुँवरले गरेका थिए । ’भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुन अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस्, निर्दोष कोही पनि नउम्कियोस् भन्ने हाम्रो जोड रहेको छ,’ उनले भने, ’जुनसुकै तह र तप्काका भएपनि यो अपराधमा संलग्न जोकोही पनि कानुनको दायरामा आउने नै छन् ।

त्यो प्रक्रिया अगाडि बढिरहेको पनि छ । भीआईपी÷भीभीआईपीहरू पनि परिरहेका त छन् । यसमा स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा त्यसले पनि प्रमाणित गर्दछ ।’ उक्त घटनामा सरकारले कुनै आग्रह र पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ छानबिन हुने उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरीले निष्पक्ष र व्यावसायिक अनुसन्धान गरिरहेको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top