विराटनगर ,भदौ १९
प्रदेश नं १ को प्रदेश सभा बैठकले विपद व्यवस्थापन सम्बन्धमा बनेको बिधेयक सर्वसम्मत पारित गरेको छ ।मंगलबार बसेको प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पेश गरेको सो विधेयकमाथि संसोधन प्रस्ताव नआएपछि विधेयक सर्वसम्मत पारित भएको हो ।
पारित विधयेकमा ३९ दफा रहेको छ । कानुन निर्माणको चरणमा रहेको प्रदेश सभाले यो सगै १७ बटा बिधेयक पारित गरिसकेको छ ।
साउन महिना भित्रै प्रदेशको नाम र स्थायी राजधानी तोक्न माग
प्रदेश सभाको आजको बैठकमा प्रतिपक्ष नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बिशेष समयमा बोल्दै प्रदेश सरकारले साउन महिना भित्रै प्रदेश नं १ को नाम र स्थायी राजधानी तोक्न माग गरे ।उनले नाम र राजधानीको बिषयमा साउन महिना वितिसक्दापनि सरकार टुङ्गोमा पुग्न नसकेको भन्दै यस अघि साउन महिना भित्रै सबै कुरा टुग्याउने भनेर जनतामा भ्रमको खेती गरेको आरोप लगाए ।
सांसद कार्कीले वास्तविक कुरा र यथार्थपरक कुरा मात्र बोल्न सरकारका मन्त्रीहरुलाई सांसद कार्कीले आग्रह गरे ।सांसद कार्कीले प्रदेश सरकारले विभिन्न चाड पर्वमा प्रदेशमा दिएको सार्वजनिक विदालाई पुर्ण कार्यान्वय गराउन प्रदेश सरकार असफल बनेको बताए ।उनले प्रदेशमा सार्बजनिक विदा दिँदा केन्द्र सरकारसंग समन्वय गर्नपनि प्रदेश सरकारलाई आग्रह गरे ।
त्यसैगरी सभा बैठकको शुन्य समयमा बोल्दै सांसद सावित्रीकुमारी रेग्मीले विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालको समय अनुकुल स्तारोन्तरी गर्न माग राखिन् ।उनले दैनिक १२ सय भन्दा बढी उपचारका लागि भर्ना हुने अस्पतालपनि पुरानै संरचना र न्युन जनशतिmमा चलेको भन्दै तत्काल अञ्चल अस्पतालाई पुर्ण क्षमतामा चलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
अर्का सांसद सुनिताकुमारी चौधरीले थारुहरुको महान चार्ड जितिया पर्वमा सार्वजनिक विदा दिन प्रदेश सरकार समक्ष माग गरिन् ।